आइतबार साउने सक्रान्ति २०६८ /17 july 2011
स्थानीय विकास मन्त्रालयका उपसचिव राजकुमार श्रेष्ठका अनुसार थपिएका नगरपालिका हरुमा -
नवलपरासी जिल्लाको गैंडाकोट गा बि स लाई गैंडाकोट नगरपालिका र सुनवल र स्वाठी गा बि स लाई मिलाएर सुनवल नगरपालिका घोषणा भएका छन् ,त्यस्तै गरेर लम्जुंगको बेसीशहर गा बि स लाई पनि बेसीशहर नगरपालिका घोषणा गरेको छ .
काठमाडौंमा साँखु क्षेत्रका गाविस मिलाएर शंखरापुर नगरपालिका घोषणा गरिएको छ। त्यस्तै ललितपुर भैंसेपाटी क्षेत्रका केही गाविस मिलाएर कार्यविनायक नगरपालिका घोषणा भएको छ। ललितपुरमै अर्को चम्पापुर नगरपालिका थपिएको छ। ताप्लेजुङ, फिदिम (पाँचथर), बिर्तामोड (झापा), उर्लाबारी (मोरङ), म्याङलुङ (तेह्रथुम), भोजपुर, दिक्तेल (खोटाङ) छन्। त्यस्तै उदयपुर कटारी, सप्तरी कन्चनपुर रुपनगर र मोहनपुर कल्याणपुर, सिरहाको रामनगर मिर्चैया पनि नगरपालिका घोषणा भएका छन्। धनुषामा धनुषाधाम र सखुवा महेन्द्रनगर दुई थपिएका छन्। महोत्तरीमा निगौल गौशाला, रामेछापको मन्थली, सर्लाही हरिऔन, रौतहट चन्द्रनिगाहपुर, बारा जीतपुर पनि नगरपालिका भएका छन्। धादिङको निलकण्ठ, सिन्धुपाल्चोक चौतारा, काभ्रे पाँचखाल पनि नगरपालिका भएका छन्। काभ्रेमा पाँचखाल नगरपालिका भएपछि जिल्लामा चार नगरपालिका भएका छन्। तनहुँमा खैरेनीटार दुलेगौंडा, बन्दीपुर गरी दुई नगरपालिका बनाइएको छ। पर्वतको कुस्मा, म्याग्दी बेनी, गुल्मी तम्घास, अर्घाखाँची सन्धीखर्क, त्यस्तै प्युठान, सल्यान, बाँके कोहलपुर, बर्दिया राजापुर, बझाङ चैनपुर, अछाम मंगलसेन र साफेँबगर र जुम्लाको चन्दननाथ नगरपालिका भएका छन्।