11-04-2068/aug-28-2011
गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन्। आइतबार संसदमा भएको चुनावमा माओवादी उपाध्यक्ष भट्टराई ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले २३५ मत मात्रै ल्याए।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ५ दल सहित माले समाजवादी, नेकपा संयुक्त, जनमुक्ति पार्टी, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा सहितका दलले बाबुराम भट्टराईलाई मतदान गरेका थिए।
बौद्धिक प्रखरता, स्पष्ट भिजन र आर्थिक अवधारणा कारण भट्टराई सर्वसाधारणबीच चर्चामा छन्। ऐतिहासिक महत्वको संक्रमणकालमा प्रधानमन्त्री भएका भट्टराईको परीक्षा संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षले निर्धारण गर्नेछ।
कामको सिलसिलामा विभिन्न देशमा छरिएर रहनु भएका सम्पूर्ण चिर-परिचित मित्रहरु नेपाल पर्यटन बर्ष २०११ लाई सफल पारौ,(कावासोतीनेपाल ) भीम रावल नवलपरासी तथा लम्जुंग हाल दोहा कतार बाट
रविवार, 28 अगस्त 2011
रविवार, 7 अगस्त 2011
जहाँ ताहीं धूमपान गर्न नपाइने
साऊन २२ २०६८/अगस्त ०७,२०११
काठमाडौ । सरकारले आजदेखि सार्वजनिक स्थानमा धुमपान गर्न नदिने भएको छ । सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ प्रयोगमा रोक लगाउने ऐन संसदबाट पारित भएपछि आजदेखि कार्यान्वयन हुन लागेको हो ।
यो नयाँ कानुन अनुसार अबदेखि सार्वजनिक ठाउँमा चुरोट, खैनी, विँडी जस्ता सुर्तिजन्य अथवा धुवाँजन्य पदार्थ सेवन गरेमा एक सय रुपैँया जरिवाना लाग्नेछ । यदी सेवनकर्ताले जरिवाना तिर्न नमानेमा ति ब्यक्तिलाई त्यो ठाउँबाट बाहिर निकाल्ने कानुनी प्राबधान छ ।यस्तै १८ वर्ष नपुगेका किशोर किशोरी र गर्भवती महिलाले सुर्तिजन्य पदार्थ विक्रिवितरण,ओसारपसार गर्न नपाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कानुन अनुसार विदेशी ब्राण्डका धूमपानजन्य पदार्थ आयात गर्दा पनि ति पदार्थको पाकेटमा चेतनामुलक सन्देश र चित्र उल्लेख हुनुपर्छ । धूमपानका सन्दर्भमा यति कडा कानुन बनाउनेमा नेपाल दोस्रो नम्बरमा पर्छ ।

सदस्यता लें
टिप्पणियाँ (Atom)