
बिहिबार अशोज ११ गते ,२०६८/29 sep-2011
बिगत छ महिना (बैशाख २०६८ )देखि प्रतेक मंगलबार नेपाल टेलिभिजन बाट प्रशारण .हुदै आएको द सिन्गिंग स्टार को उपाधी पोखराकी ऋतु लामा ले जितेकी छिन,बुधबार भएको ग्रान्ड फाइनल मा क्रमश धाधिंग का कुमार अभि र धरान का प्रनेश लिम्बु दोस्रो र तेस्रो भएका छन्
रितुले सिंगिङ स्टारको उपाधिसहित नगद एक लाख रुपैयाँ, शुभारम्भ रेकर्डिङ स्टुडियोका तर्फबाट पाँच लाखबराबरको सांगीतिक करार, मोटरसाइकल, षड्ज कला केन्द्रका तर्फबाट एक वर्षसम्म संगीत प्रशिक्षणको छात्रवृत्ति, परिवारसहित मलेसिया भ्रमणको टुर प्याकेजलगायतका पुरस्कार प्राप्त गरेकी छिन् । गायनमा नयाँ प्रतिभाको खोजी गर्ने सांगीतिक रियालिटी शो नेपाल अधिराज्य भरि नै यसको अडिशन गरिएको थियो । षड्ज कला केन्द्रद्वारा सञ्चालित यो रियालिटी शोमा उत्कृष्ट दशको छनोटदेखि नै दर्शकको मतका आधारमा प्रतियोगीले अघिल्लोचरणको यात्रा तय गर्दै आएका थिए ।