सोमवार, 27 फ़रवरी 2012

अब हाम्रै नेपाली नेटवर्किंग साइटहरु

फेसबुकको क्रेज नेपालीमाझ निकै बढ्दै गएको छ । केही गुगलप्लसमार्फत एकअर्कासग जोडिएका छन् । ट्वीटरमा ट्वीट गर्नेहरु त्यतिकै छन् । यस्ता सामाजिक संजाल निर्माण गरेर केही विदेशीले नामदाम दुवै कमाएका छन् । हामी नेपालीलाई समेत एकअर्कासग जोडिन उनीहरुले सजिलो बनाइदिएका छन् ।अव हामी विदेशी सामाजिक नेटवकिङ साइटमै भर पर्नुपर्ने छैन । नेपालीले फेसबुक, ट्युटर, गुगलप्लसजस्तै सुविधा भएका साइटहरु नेपालमै बनाएका छन् । तिनमा खाता खोलेर हामी एक अर्कासग जोडिन सक्छौं । मेरोपोस्ट डटकम, संगालो डट कम, हाम्रोबुक डटकम, ठूलो डटकम, नेपालनेपाल डटकम जस्ता साइटले एकअर्कालाई जोड्ने छन् । तिनमा हामीले आफ्ना मनका भावनाहरु आफ्नो पेजको भित्तामा पोस्ट गर्नुका साथै फोटो, भिडियोलगायतका सामग्री एकअर्कालाई सेयर गर्न सक्छौं ।

1-मेरोपोस्ट डटकम

यो साइटलाई निर्माताले कम्प्लिट नेपाली नेटवर्क साइट भनेका छन् । यसमा पूराना साथीलाई खोज्न र नया बनाउन सकिने सुविधा छ । यसमा पनि सबै प्रकारका कुरा सेयर गर्न सकिन्छ । आफ्नो प्रोफाइल पेजलाई आफ्नै ढंगले लेआउट गर्न सकिन्छ । च्याट रुपममा साथी बनाउन सकिन्छ । आफ्नो पोष्टलाई धेरैजनासग जोड्न सकिन्छ ।

2-संगालो डटकम

प्रिन्सटन मिडियाले विकास गरेको यो वेवसाइटमा प्रयोगकर्ताको गोपनियतालाई जोड दिएको कम्पनीको दावी छ । यसमा अकाउन्ट र वाल पोस्टिङमा फरक तरिकाले गोपनियता सेट गर्न सकिन्छ । यो साइटमा वाल पोष्टिङ, ग्रुप च्याट, प्राइभेट च्याट गर्नुका साथै आफ्ना फोटो, भिडियो पोस्ट गार्न सकिन्छ । यसमा ग्रुप बनाउने, पेज बनाउने सुविका पनि छ । यसमा प्वाइन्ट, किनबेच र उपहारको ब्यवस्था छ । प्रयोगकर्ताले साइटमा आफ्नो रजिस्टर गरेपछि साइट भिजिट गर्दा गरिने क्रियाकलापको आधारमा प्वाइन्ट थपिदै जान्छ । त्यसलाई प्रयोग गरेर अरुलाई गिफ्ट पठाउन सकिन्छ ।यो साइटमा आफ्नो सामान विक्रीमा राख्ने र अरुले राखेको किन्न सक्छन् । यसमा साधारण, स्मार्ट र एडभान्स लेभल गरी तिन प्रकारका प्रयोगकर्ता हुन्छन् । साधारणमा प्रवेश गर्ने ब्यक्ति आफ्ना क्रियाकलापका आधारमा बढुवा हुदै जान्छ ।

3-लाइभनेपाल डटकम

विश्वभर रहेका नेपालीलाई एउटै साइटले जोड्न यो साइट बनाएको निर्माताले दावी गरेका छन् । फेसबुक, माइस्पेस, ट्युटरजस्ता साइट अन्तराष्ट्रिय आधारमा निर्माण भएका बेला उनीहरु नेपालीलाई मात्र लक्षित गरेर यो साइट बनाएको उनीहरुको भनाइ छ । धेरै साइटहरु विज्ञापन संकलनका लागि बनाइन्छन् । लाइभनेपाल भने विज्ञापनबाट टाढै राख्ने उनीहरुको दावी छ ।

4-हाम्रोबुक डटकम

हाम्रोबुकले पनि फेसबुकले जस्तै वाल, इन्फो, इभेन्ट, सिस्कसन, म्युजिक, फोटो, भिडियोलगायत पोस्ट गर्ने सुविधा दिएको छ । यसले पनि यो निशुल्क छ र सधै रहनेछ भनेर प्रयोगकर्तालाई आस्वस्त पार्न खोजेको छ ।

5-नेपालनेपाल डटकम

यो साइटमा साथी बनाउने, साथीहरुसग छलफल गर्ने, ब्लग लेख्ने, च्याट गर्ने, भिडियो सेयर गर्ने, संगित अपलोड÷लाउनलोड गर्ने, आन्तरिक रुपमा एकअर्कालाई इमेल गर्ने, विजनेस डाइरेक्टरी खोज्नेलगायतका सुविधा छन् । साइटले नेपाल र नेपालीलाई केन्द्रीत गरेर संजाल बनाएको दावी गरेको छ । यसमा ‘न्युयोर्क सिटीमा रहेका नेपाली इमिग्रेसन वकिलको लिस्ट, कोरियामा नेपालीका लागि रहेको श्रम बजार, लंडनबाट दोहा, कतार जाने सस्तो टिकट कहा पाइन्छ, कुन कम्प्युटर कोर्ष गर्दा काठमाडौंमा रोजगारी पाउन सजिलो हुन्छ’ जस्ता जानकारीसमेत पाउन सकिन्छ । साइटले सक्रिय प्रयोगकर्तालाई आइपोड, आइप्याड, डिजिटल क्यामेरा, क्यामकोर्डर, ल्यापटप, नगदलगायतका पुरस्कारसमेत उपलब्ध गराउने जनाएको छ ।

6-नमस्तेमित्र डटकम

बेल्जियममा रहेका सुदर्शन सिम्खडाको अगुवाइमा संचालित उक्त वेव संजालमा फेसबुकमा जस्तै सुबिधा उपलब्ध छन् । स्ट्याटस सेयर गर्न, साथी बनाउने, च्याट गर्ने, समूह बनाउने, फोटो, भिडियो तथा लिंकहरु राख्ने र सेयर गर्नलगायतका सुबिधा यसमा छन् । नेपालीहरुबिच छलफल, बहस, कुराकानी, कला, मनोरंजन, भावना सम्प्रेषणलगायतका सुविधा दिएर इन्टरनेट सामाजिक संजालमा नेपालीपन ल्याउन चाहेको साइटले जनाएको छ ।

रविवार, 12 फ़रवरी 2012

२० लाख खर्च गरेर सन्तोष पन्तले छोरालाई छोरी बनाए

कलाकार सन्तोष पन्तका छोरा प्रतिक अब छोरीमा परिणत भएका छन् । सानैदेखि छोरीको जस्तै ब्यबहार गर्ने प्रतिकले २२ दिनअघि थाइल्याण्डको सुर्पोन क्लिनिकमा आफ्ना पुरुष अंगलाई महिला अंगमा परिवर्तन गराएका छन् । आठघण्टे सल्यक्रियापछि उनी पूर्णरुपमा महिला भएको उनको मेडिकल रिपोर्टमा उल्लेख छ । अस्पतालमा २० दिन अराम गरेपछि उनी शुक्रबारमात्र काठमाण्डौं फर्किएका छन् । त्यसलगत्तै १८ बषिर्य प्रतिकले लिंगमात्र हैन, नामसमेत परिवर्तन गराएका छन् । अब उनी भएका छन- केटलीन पन्त ।नेपालमा हतपति नसुनिएको यस्तो कार्यलाई पन्त परिवारले भने सहज रुपमा लिएका छन् । घरमा �लक्ष्मी�को आगमन भएको खुसीमा पन्त परिवारमा हर्षोल्लास छाएको छ । आफन्त एवं शुभेच्छुकले मिठाई र फलफुल ल्याएर खुसी बाँडिरहेका छन् ।जेठी छोरीको दुर्घटनामा निधन भएपछि जहिले पनि हामीले छोरीको कल्पना गर्‍यौं- आमा प्रतिभाले भनिन-उनी गर्भमा छँदै छोरीको कल्पना गरेकी थिएँ, आज १८ बर्षपछि साँच्चै छोरी पाउँदा अपार हर्ष लागेको छ ।प्रतिकका दाजु साकार पन्तले सानैदेखि केटीको ब्यबहार गर्ने उनलाई केटीकै हैसियत दिन परिवारले साहसिक निर्णय गरेको बताए । १७ बर्षको उमेरसम्म दाह्री जुंगा नपलाएको तथा ठूला गाजलु आँखासहित असाध्यै सुन्दर देखिएपछि परिवारले उनलाई बिज्ञानको सहयोगले महिला बनाउने निर्णय गरेको हो । उनको सल्यक्रियाका लागि २० लाख रुपैयाँ खर्च भएको परिवारले जनाएको छ ।
कक्षा सातमा पढ्दा केटी ब्यबहार देखाएपछि उनलाई केही समय मानसिक चिकित्सकको निगरानीमा राखिएको थियो । चिकित्सकले उनमा महिला हर्मोन बढी भएकाले त्यहीरुपमा स्वीकार्न परिवारलाई आग्रह गरेको थियो । त्यसपछि परिवारले उनलाई एक बर्षसम्म केटी साथीहरुको साथमा राखेको थियो । एउटा पार्टीमा केटीसाथीहरुसँग बसिरहेका बेला आफुलाई केटाहरुले डान्स गर्न प्रपोज गरेपछि आफु राम्री रहेको, केटासँग बिबाह हुनसक्ने आत्मविश्वास बढेको केट्लीन बताउँछीन् ।केटलिन भन्छिन- धेरै मानिसलाई ममा महिला अंग छैन कि भन्ने भ्रम रहेको छ, तर म पूर्णरुपमा महिला भइसकेकी छु ।� पुराना नसा कुनैपनि नहटाई नयाँ अंग प्रत्यारोपण गरिएको उनको दावी छ । शल्यक्रियामा संलग्न चिकित्सकले दिएको सल्लाहअनुसार अबको तीन महिनामा उनी शारिरिक सम्पर्क गर्न सक्छिन भने एक बर्षमा पूर्णरुपमा स्वस्थ्य हुनेछिन् । उनले भबिष्यमा असल युवकसँग बिहे गर्न चाहेको बताइन् । गर्भाधान गर्न चाहेका उनले अर्को शल्यक्रिया गरि पाठेघर प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।उनले औषधी बिज्ञानमा बिद्यावारिधी गर्ने योजना रहेको बताइन् । नागरिकता र पासपोर्टमा पुरुष चिनारी रहकाले बिदेश जाँदा वा नेपालमै केही काम गर्दा अप्ठेरो पर्ने भएकाले परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा निबेदन दिएकी छन् ।