कामको सिलसिलामा विभिन्न देशमा छरिएर रहनु भएका सम्पूर्ण चिर-परिचित मित्रहरु नेपाल पर्यटन बर्ष २०११ लाई सफल पारौ,(कावासोतीनेपाल ) भीम रावल नवलपरासी तथा लम्जुंग हाल दोहा कतार बाट
सोमवार, 18 अप्रैल 2011
मुटु तथा उच्चा रक्तचाप सामान्य जानकारी
मुटुले शरीरको शिरदेखि पैतालासम्म सम्पूर्ण भागमा शुद्ध रगत पुर्याउँछ। यसरी पम्प गर्दा सम्पूर्ण रक्तनलीको भित्तामा जुन दबाब पर्छ, त्यसलाई रक्तचाप भनिन्छ। जब मुटु खुम्चेर रगतलाई मुख्य रक्तनलीमार्फत शरीरतिर फ्याँक्छ, त्यसबेला रक्तचाप सबैभन्दा बढी हुन्छ र रगत विस्तारै स-साना रक्तनली तथा कोषिकाहरूमा पुग्छ, त्यसबेला क्रमशः रक्तचाप कम हुन्छ। मुटु पम्प हुँदा रक्तनलीको भित्तामा हुने रक्तको दबाबलाई ‘सिस्टोलिक ब्लडप्रेसर’ भनिन्छ। मुटु फैलिँदा मुटु रगतले भरिएको हुन्छ। उक्त समयमा धड्कनको बीचमा मुटु आराम गरेको अवस्थामा रक्तनलीमा जुन कम दबाब पर्छ, त्यसलाई ‘डाइस्टोलिक ब्लडप्रेसर’ भनिन्छ। कुनै कारणवश रक्तनली साँघुरो वा कडा भएमा रकारण तथा जोखिम तत्त्वहरूउमेर बढ्दै जाँदा रक्तनलीको लचकता घट्ने अर्थात् रक्तनली कडा हुने भएकाले।वंशाणुगत तथा पारविारकि इतिहास।मोटो व्यक्तिहरू -विशेष गरी ठूलो पेट भएका)मा उच्च रक्तचापको जोखिम दुईदेखि छ गुणा बढी छ।नुनको अत्यधिक सेवन।दिनमा एकपटकभन्दा बढी वा अत्यधिक मदिरा सेवन।जन्मान्तरका लागि हार्मोन औषधीको सेवन।निस्िक्रय तथा आरामदायी जीवनशैली।धुम्रपान, सूर्तिजन्य पदार्थको सेवन।तनाव तथा धपेडीयुक्त जीवनशैली।खानामा चिल्लो तथा बोसोको अत्यधिक प्रयोग।मधुमेह, मिर्गाैलाका रोग, थाइराइडसम्बन्धी समस्या।केही औषधीहरू जस्तै- उत्तेजक औषधी, डाइट चक्की, रुघाखोकीमा प्रयोग हुने औषधी, जीवनरक्षक औषधी आदिको अत्यधिक सेवन।क्याल्सियम, पोटासियम, म्याग्नेसियम तथा भिटामिन ‘डी’को कमी।उच्च कोलेस्ट्रोलइन्सुलिनले काम गर्न छोडेका मधुमेहका बिरामीहरू।दीर्घ मिर्गाैलाका रोग, मिर्गाैलामा रक्तप्रवाह गर्ने रक्तनलीको रोग, धेरै समय मदिरा सेवन, हर्मोनको खराबी तथा इन्डोक्राइन ट्युमर भएका बिरामीहरू।लक्षणहरू३३ प्रतिशतभन्दा बढी रक्तचापका बिरामीहरूलाई रक्तचापको लक्षण देखिँदैन। त्यसकारण उच्च रक्तचापलाई मौन घातक रोगका रूपमा लिइन्छ।टाउको दुख्नु -विशेषतः पछाडीको भाग)।वाकवाकी तथा वान्ता आउनु।रंिगटा लाग्नु/हुत्तिनु।हलुंगोपन महसुस गर्नु।दृष्टिमा परविर्तन हुनु, धमिलो देख्नु।थकाइ लाग्नु, कमजोरी हुनु।छाती दुख्नु तथा सास फेर्न गाह्रो हुनु।अलिकति हिँड्दा पनि खुट्टा दुख्नु।मुटुको ढुकढुकी अनियमित हुनु।धेरै पसिना आउनु।पिसाबमा रगत देखिनु।नाकबाट रगत आउनु।आँखामुनि, पेट वा खुट्टा सुन्निनु।क्तनलीमा प्रचुर दबाब पर्छ। त्यसलाई उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन भनिन्छ।उच्च रक्तचाप परीक्षणका लागि समय-समयमा रक्तचाप जचाउनु पर्छ। रक्त परीक्षणबाट कोलेस्टेरोल, एल्बुमिन, सोडियमको मात्रा तथा थाइराइडको समस्या थाहा हुन्छ। अल्ट्रासाउन्ड, डोप्लर अल्ट्रासाउन्ड, ईसीजी, इकोकार्डियोग्राम, टीएमटी आदि परीक्षणबाट यसको अवस्था एवं असर पत्ता लाग्छ। त्यस्तै, छातीको एक्सरेबाट मुटु सुन्निएको तथा आँखाको जाँचबाट नेत्रगत असर पत्ता लाग्छ।रक्तचाप वृद्धि भएमा मुटुरोग विशेषज्ञसँग नियमित जाँचपडताल गरेर औषधी सेवन गर्नुपर्छ। तनाव घटाउने, शरीरमा जम्मा भएको अनावश्यक लवण तथा तरल पदार्थ बाहिर निकाल्ने, रक्तनलीलाई फराकिलो बनाउने, मुटुको ढुकढुकी नियमित गराउने, रक्तनली तथा मुटुको मांसपेशी हल्का खुकुलो पार्ने, कोलेस्ट्रोल नियन्त्रण गर्ने, रगतलाई पातलो बनाउने आदि औषधीहरू रोगको प्रकृति र गम्भीरता अनुसार चिकित्सकले सिफारसि गर्छन्। उपचारको प्रमुख लक्ष्य रक्तचापलाई सामान्य अवस्थामा राख्ने, हृदयाघात, पक्षघात, मिर्गाैला फेलर आदिबाट बचाउने र आयु लम्ब्याउने हुन्छ।उच्च रक्तचापको समयमा सही उपचार नगरेमा वा औषधी छोडेमा रक्तको चाप तथा दबाब रक्तनलीमा पर्छ अनि रक्तनली फुट्छ, जसबाट मुटु र अन्य अंग नष्ट हुन्छन्। यसबाट कोरोनरी मुटुरोग, पक्षघात, मुटु फेलर, हृदयाघात, मिर्गाैला रोग आदि हुन्छ। त्यस्ौ रक्तनलीहरू कडा भएर एथेरोस्क्लोरोसिस्, मस्ितष्कमा रक्तसञ्चार गर्ने रक्तनली फुटेर रगतको ढिका जमी पक्षघात हुन्छ। उच्च रक्तचाप भएका व्यक्तिलाई पक्षघात हुने जोखिम ४ देखि ६ गुणा बढी हुन्छ। त्यस्तै मिर्गाैला फेलरको ९० प्रतिशत कारक तत्त्व उच्च रक्तचाप हो। त्यस्तै, रेटिनाको रक्तनली फुटेर दृष्टि नष्ट हुन्छ, मस्ितष्कमा नसा फुटेमा पक्षघात हुन्छ। रक्तचाप मधुमेहका लागि जोखिम कारक तत्त्व पनि हो। गर्भवती महिलामा पि्र-इक्लाम्प्सीया भएर ज्यान जाने खतरा हुन्छ। यौन दुर्बलता, फोक्सोमा पानी जम्ने, नाथ्री फुट्ने, छातीमा पीडा हुने, मस्ितष्कघात हुने आदि हुन्छ। त्यस्तै उच्च रक्तचापका लागि प्रयोग गर्ने औषधीको पाश्र्व प्रभावस्वरूप वृद्धावस्थामा नितम्बको हाड भाँचिने, अल्सर हुने, नपुंशकता हुने, मुटुको क्रियाकलापमा असर गर्ने मात्र होइन, औषधीसेवीलाई अन्यको तुलनामा मधुमेह हुने सम्भावना ११ गुणा बढी हुन्छ रोकथाम सम्बेदन शील अंगहरूमा पुगेर पक्षघात, हृदयाघात, मिर्गौला फेलर आदि हुन नदिन समय-समयमा रक्तचापको परीक्षण, उपचार र नियन्त्रण गर्ने।पोषिलो तथा कम चिल्लो खाना खाने।नियमित रूपमा शारीरकि अभ्यास गर्दा उच्च रक्तचापको जोखिम २० देखि ५० प्रतिशत कम हुन्छ।नुनको कम प्रयोग गर्ने। तयारी खाजा, बट्टाको खाना, रेस्टुराँको खाना तथा सोडियमको मात्रा भएको खाद्य पदार्थ निकै कम सेवन गर्ने।मोटोपन घटाउने।ठीक्क मात्रामा मद्यपान गर्ने।धुम्रपान नगर्ने। निकोटिनले रक्तनलीलाई क्षति गर्छ तथा साँघुरो बनाउँछ।उच्च रक्तचापको औषधी नियमित रूपमा सेवन गर्ने।तनावलाई न्यूनीकरण गर्ने तथा मनोरञ्जनका उपायहरू अवलम्बन गर्ने।निन्द्रा, आराम तथा हिँडडुलमा ध्यान दिने।रातो मासु, कुखुराको छाला, चीज, केक कम खाने।प्रशस्त मात्रामा फलफूल, तरकारी, अन्न, माछा, कुखुरा, चिल्लो कम भएको दुग्ध पदार्थ सेवन गर्ने।भुटेको/तारेको तथा पोलेको नखाने।म्याग्नेसियम पाइने खानाहरू -जस्तै- अन्न, हरयिो सागपात, बदाम, टुसा उमारेको गेडागुडी, सुकेको केराउ, सिमी), पोटासियम पाइने खानाहरू -जस्तै- फलफूल, तरकारी, दूध, माछा), क्याल्सियम पाइने खानाहरू -जस्तै- दूध, दही) प्रशस्त खाने।कम्तीमा हप्ताको दुईपटक माछाको सेवन गर्ने। माछामा ओमेगा-३ नामक तेल हुन्छ, जसले कोलेस्ट्रोल तथा उच्च रक्तचापलाई कम गर्छ।नियमित रूपमा लसुनको सेवन गर्ने।
बुधवार, 6 अप्रैल 2011
राम्चे डाँडा

नवलपरासी जिल्लाको धौबादी ग.बि.स.वडा न.७ ,राम्चे डाँडा. यदि यो डाँडा पहिरो गएमा तल फेदीमा रहेको शिवमन्दिर-कावासोती गा.बि स.पूर्ण रूपमा प्रभावित हुने देखिएयता पनि अहिले सम्म कुनै निकायको ध्यान यसमा परेको छैन .
रविवार, 3 अप्रैल 2011
विश्वकप क्रिकेटको उपाधि भारत लाई
भारतले २८ वर्षपछि दोस्रो पटक विश्वकप क्रिकेटको उपाधि शनिबार हात पारेको छ । शनिबार मुम्वईमा भएको फाइनलमा भारतले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गर्यो । दशौ क्रिकेट वर्ल्ड कप करीब डेड महिना देखि भारत श्रीलंका र बंग्लादेशाले सयुक्त रुपमा सञ्चालन गरेका थिए । पहिले ब्याटिङगरेको श्रीलंकाले ६ विकेट क्षतिमा २ सय ७४ रन बनायो । उसकालागि महेला जयवद्धर्नेले नटआउट १ सय ३ रन बनाए । प्रत्युत्तरमा भारतले १० बल अघिनै ४ विकेट गुमाउदै २ सय ७७ रन बनायो । भारतीय कप्तान महेन्द्रसिंह धोनीले विजयी छक्का प्रहार गरेका थिए । उनी ९१ रनमा नटआउट रहे । त्यस्तै युवराज सिंह २१ रनमा अन्तिमसम्म क्रिजमा रहे । भारतका लागि गौतम गम्भिरले ९७ रनको योगदान दिए । फाइनलमा पराजित श्रीलंकाले पनि सन् १९९६ मा विश्वकप जितेको थियो । भारतले यस अघि सन् १९८३ मा विश्वकप जितेको थियो ।
सदस्यता लें
टिप्पणियाँ (Atom)