भारतले २८ वर्षपछि दोस्रो पटक विश्वकप क्रिकेटको उपाधि शनिबार हात पारेको छ । शनिबार मुम्वईमा भएको फाइनलमा भारतले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गर्यो । दशौ क्रिकेट वर्ल्ड कप करीब डेड महिना देखि भारत श्रीलंका र बंग्लादेशाले सयुक्त रुपमा सञ्चालन गरेका थिए । पहिले ब्याटिङगरेको श्रीलंकाले ६ विकेट क्षतिमा २ सय ७४ रन बनायो । उसकालागि महेला जयवद्धर्नेले नटआउट १ सय ३ रन बनाए । प्रत्युत्तरमा भारतले १० बल अघिनै ४ विकेट गुमाउदै २ सय ७७ रन बनायो । भारतीय कप्तान महेन्द्रसिंह धोनीले विजयी छक्का प्रहार गरेका थिए । उनी ९१ रनमा नटआउट रहे । त्यस्तै युवराज सिंह २१ रनमा अन्तिमसम्म क्रिजमा रहे । भारतका लागि गौतम गम्भिरले ९७ रनको योगदान दिए । फाइनलमा पराजित श्रीलंकाले पनि सन् १९९६ मा विश्वकप जितेको थियो । भारतले यस अघि सन् १९८३ मा विश्वकप जितेको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें