कामको सिलसिलामा विभिन्न देशमा छरिएर रहनु भएका सम्पूर्ण चिर-परिचित मित्रहरु नेपाल पर्यटन बर्ष २०११ लाई सफल पारौ,(कावासोतीनेपाल ) भीम रावल नवलपरासी तथा लम्जुंग हाल दोहा कतार बाट
शनिवार, 31 जुलाई 2010
नवलपरासी मा फेरी एउटा अर्को दुखद दुर्घटना
निक्कै दुखको साथ लेख्नु पर्दा शनिबार नवलपरासी जिल्लाको पहाडी अर्खला गाविस वडा नं ३ सुर्खैखोलामा शनिवार भएको जीप दुर्घटनामा नौजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि सात जना घाइते भएकोमा चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरु सबै जीपको छतबाट हाम फालेर बाँच्न सफल भएका हुन् । स्थानीय बासिन्दाका अनुसार अर्खलाबाट दलदलेका लागी छुटेकॊ लु १ ज १८८० नम्बरको जीप अर्खलामा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको हो । मृतकहरु मध्ये बुलिङटार ४ निवासी लिलप्रसाद रानाभाट उनका छोरा शौरभ रानाभाट, बुलिङटार ३ निवासी डल्लीमाया पाण्डे र जनिसरा दिस्ाुवा रहेकी छन् । त्यसैगरी धनबहादुर राना र उनकै श्रीमती विहीसरा रानाको पनि सोही दुर्घट्नामा परि मृत्यु भएको छ । मृतक नौ मध्ये अन्य तीन जनाको भने अझै सनाखत हुन सकेको छैन । प्रहरी घटना स्थलसम्म पुगिसकेको भए पनि घटनाको बारेमा विस्तृत जानकारी नआएको कावासोती स्थित इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीले घाइतेहरुको उद्दार गरी उपचारका लागि भरतपुर पठाइसकेको भए पनि मृतकहरुको शव शनिवार साँझ सम्म पनि निकाल्न कठिनाई भएको स्थानियवासीले बताए । जीप कच्ची सडक बाट करिब ८०० मिटर तल खसेकोले शव निकाल्न कठिनाइ भएकॊ प्रहरीले जनाएको छ । बाटो कच्ची भएको र बर्षाका कारण चिप्लो भएकोले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।दुर्घटनामा परी घाइते भएका अर्खला ३ का कृष्ण लुंगेली मगरका अनुसार जिप सडकदेखि निक्कै तल खसेको छ । जीपको छतमा बसेका कारण हामफालेर ज्यान बचाउन सकेका लुंगेलीका अनुसार जीपले सडक छाडेर गएकॊ देखेपछि हाम फालेर लुंगेलीले ज्यान बचाएका हुन् । उनले दुर्घटना कसरी र के कारण भयो भन्ने थाहा नभएको बताए ।ग्रामीण भेगका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव भएकोले घाइतेहरुको प्राथमिक उपचार गर्नसमेत कठिनाई भएको छ । घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत प्रगतिनगर गाविसको दलदलेबाट करिव ३० किलोमिटर उत्तर पहाडी भेगमा पर्दछ । उद्धारमा खटिएका स्थानीय अतिलाल सुस्लीङ्गका अनुसार भौगोलिक विकटताका कारण घाइतेहरुको उद्दार गर्न समेत कठिनाइ भएको थियो ।
कतारमा सबै फोन नंबर हरुमा थप
कतारका सबै टेलिकम सेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि मोबाइल र आधारभूत फोनका नम्बर परिवर्तन गरेका छन् । कतारमा अहिलेसम्म ७ डिजिट (अंक) को नम्बर प्रयोग हुँदै आएकामा अब ८ डिजिट हुनेछ ।
परिवर्तित नम्बरअनुसार जुन डिजिटबाट फोन नम्बर सुरु भएको छ त्यसको अघि त्यही नम्बर थपिनेछ ।
कतारमा ३, ४, ५, ६ र ७ नम्बरबाट सुरु हुने मोबाइल/फोन नम्बरहरू क्रमशः ३३, ४४, ५५, ६६ र ७७ नम्बरबाट सुरु हुनेछन् । डायल गर्न थपिएको नयाँ नम्बर समावेश गर्नुपर्ने हुन्छ ।
कतारको कन्ट्री कोड र तीन अंकको इमर्जेन्सी सेवा नम्बरहरू भने परिवर्तन भएका छैनन् । कतारको कन्ट्री कोड ००९७४ हो । यदि फोन डायल गर्ने व्यक्तिले पुरानो नम्बरमा डायल गरे टेलिकमले स्वचालित रूपमा थप्नुपर्ने नम्बर भनिदिनेछ । टेलिकम कम्पनीहरूले तीन महिनासम्म थप्नुपर्ने नम्बर भनिदिने जनाएका छन् ।
कतारमा क्युटेल र भोडाफोन गरी दुई टेलिकम कम्पनीले मोबाइल र आधारभूत फोन सेवा प्रदान गर्दै आएका छन् । वैदेशिक रोजगारको एक गन्तव्य रहेको कतारमा साढे तीन लाखभन्दा बढी नेपाली कार्यरत छन् ।

शुक्रवार, 30 जुलाई 2010
नेपाल लाई ७५ जिल्लामा कहिले बाड़ियो त
हामीले विद्यालय पढ्दादेखिनै नेपाल १४ अञ्चल ७५ जिल्ला भनेर पढ्दै आइरहेका छौ। तर वि.सं. २०१७ साल अघि सम्म पनि नेपालमा ७५ जिल्ला नभै ३५ जिल्लामा मात्र सिमित थियो ।राजा महेन्द्रले वि.सं. २०१७ पुस २० गते राजनीतिक दलहरू माथि प्रतिबन्ध लगाएर देशमा पञ्चायती व्यवस्था लागु गरेको २ महिना पछि अर्थात् वि.सं. २०१८ वैशाख १ गतेका दिन प्रशासनिक दृष्टिले नेपाललाई ७५ जिल्लामा विभाजन गरिएको थियो ।
सदस्यता लें
टिप्पणियाँ (Atom)