शनिवार, 31 जुलाई 2010

कतारमा सबै फोन नंबर हरुमा थप

कतारका सबै टेलिकम सेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि मोबाइल र आधारभूत फोनका नम्बर परिवर्तन गरेका छन् । कतारमा अहिलेसम्म ७ डिजिट (अंक) को नम्बर प्रयोग हुँदै आएकामा अब ८ डिजिट हुनेछ ।
परिवर्तित नम्बरअनुसार जुन डिजिटबाट फोन नम्बर सुरु भएको छ त्यसको अघि त्यही नम्बर थपिनेछ ।
कतारमा ३, ४, ५, ६ र ७ नम्बरबाट सुरु हुने मोबाइल/फोन नम्बरहरू क्रमशः ३३, ४४, ५५, ६६ र ७७ नम्बरबाट सुरु हुनेछन् । डायल गर्न थपिएको नयाँ नम्बर समावेश गर्नुपर्ने हुन्छ ।
कतारको कन्ट्री कोड र तीन अंकको इमर्जेन्सी सेवा नम्बरहरू भने परिवर्तन भएका छैनन् । कतारको कन्ट्री कोड ००९७४ हो । यदि फोन डायल गर्ने व्यक्तिले पुरानो नम्बरमा डायल गरे टेलिकमले स्वचालित रूपमा थप्नुपर्ने नम्बर भनिदिनेछ । टेलिकम कम्पनीहरूले तीन महिनासम्म थप्नुपर्ने नम्बर भनिदिने जनाएका छन् ।
कतारमा क्युटेल र भोडाफोन गरी दुई टेलिकम कम्पनीले मोबाइल र आधारभूत फोन सेवा प्रदान गर्दै आएका छन् । वैदेशिक रोजगारको एक गन्तव्य रहेको कतारमा साढे तीन लाखभन्दा बढी नेपाली कार्यरत छन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें