शनिवार, 31 जुलाई 2010

नवलपरासी मा फेरी एउटा अर्को दुखद दुर्घटना

निक्कै दुखको साथ लेख्नु पर्दा शनिबार नवलपरासी जिल्लाको पहाडी अर्खला गाविस वडा नं ३ सुर्खैखोलामा शनिवार भएको जीप दुर्घटनामा नौजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि सात जना घाइते भएकोमा चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरु सबै जीपको छतबाट हाम फालेर बाँच्न सफल भएका हुन् । स्थानीय बासिन्दाका अनुसार अर्खलाबाट दलदलेका लागी छुटेकॊ लु १ ज १८८० नम्बरको जीप अर्खलामा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको हो । मृतकहरु मध्ये बुलिङटार ४ निवासी लिलप्रसाद रानाभाट उनका छोरा शौरभ रानाभाट, बुलिङटार ३ निवासी डल्लीमाया पाण्डे र जनिसरा दिस्ाुवा रहेकी छन् । त्यसैगरी धनबहादुर राना र उनकै श्रीमती विहीसरा रानाको पनि सोही दुर्घट्नामा परि मृत्यु भएको छ । मृतक नौ मध्ये अन्य तीन जनाको भने अझै सनाखत हुन सकेको छैन । प्रहरी घटना स्थलसम्म पुगिसकेको भए पनि घटनाको बारेमा विस्तृत जानकारी नआएको कावासोती स्थित इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीले घाइतेहरुको उद्दार गरी उपचारका लागि भरतपुर पठाइसकेको भए पनि मृतकहरुको शव शनिवार साँझ सम्म पनि निकाल्न कठिनाई भएको स्थानियवासीले बताए । जीप कच्ची सडक बाट करिब ८०० मिटर तल खसेकोले शव निकाल्न कठिनाइ भएकॊ प्रहरीले जनाएको छ । बाटो कच्ची भएको र बर्षाका कारण चिप्लो भएकोले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।दुर्घटनामा परी घाइते भएका अर्खला ३ का कृष्ण लुंगेली मगरका अनुसार जिप सडकदेखि निक्कै तल खसेको छ । जीपको छतमा बसेका कारण हामफालेर ज्यान बचाउन सकेका लुंगेलीका अनुसार जीपले सडक छाडेर गएकॊ देखेपछि हाम फालेर लुंगेलीले ज्यान बचाएका हुन् । उनले दुर्घटना कसरी र के कारण भयो भन्ने थाहा नभएको बताए ।ग्रामीण भेगका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव भएकोले घाइतेहरुको प्राथमिक उपचार गर्नसमेत कठिनाई भएको छ । घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत प्रगतिनगर गाविसको दलदलेबाट करिव ३० किलोमिटर उत्तर पहाडी भेगमा पर्दछ । उद्धारमा खटिएका स्थानीय अतिलाल सुस्लीङ्गका अनुसार भौगोलिक विकटताका कारण घाइतेहरुको उद्दार गर्न समेत कठिनाइ भएको थियो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें