सोमवार, 7 मार्च 2011

राजाको तस्बीर भएको नोट हरु अब चल्दैनन

मंगलबार फागुन २४,२०६७
के तपाई संग नेपाली पैसा छ । यदि छ भने एकपटक ती पैसालाई नियालेर हेर्नुस कताई ती नोट हरुमा राजाको तस्बीर त छैना,छ भने छिटो सट्टी गर्नुस ,अब केही दिन पछि ती नोट हरु चल्दैनन । केहीदिनपछि राजाका तस्बिर अंकित नोट साट्न निकै झन्झट बेहोर्नुपर्ने हुनसक्छ। यही चैत १ देखि राष्ट्र बैंकले तोकेका ७५ बैंक काउन्टरबाट मात्र यस्ता नोट साट्न सकिने छ, यस्ता नोट फागुन मसान्तसम्म भने जुनसकै बैंकबाट साट्न सकिनेछ । फागुन मसान्तबाट राजाका तस्बिर अंकित नोट बजारबाट हटाउने घोषणा गत कात्तिक पहिलो साता नै राष्ट्र बैंकले गरेको थियो। त्यसपछि नोट साटने अभियान जारि गरिए पनि र्सवसाधारणले भने त्यति चासो नदेखाएको भनि टिप्पणी गरे राष्ष्ट्र वैंकका एक अधिकारीले ।मुलुकमा गणतन्त्र घोषणा भएपछि राजाका तस्बिर अंकित नोट फिर्ता लिनुपर्ने विषयमा सरकारको आग्रहपछि केन्द्रीय बैंकले यस्ता नोट फिर्ता लिने प्रक्रिया सुरु गरेको हो । राजाका तस्बिर अंकित नोट फिर्ता हुँदैमा नोटको अवमूल्यन भने हुने छैन त्यस्ता सबै नोटको वास्तविक मूल्य यथावत् रहनेछ । सर्वसाधारणले त्यस्ता नोटको सट्टा केन्द्रीय बैंकबाट नयाँ नोट सटही गर्न पाउने छन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें