बिहीबार फागुन २६ ,२०६७,कावासोती ।
जिल्ला विकास समिति नवलपरासीले नवलपरासीको प्रगतिनगर गाविसलाई सर्वोत्कृष्ट गाविसका रूपमा घोषणा गरेको छ ।
नवलपरासीको परासीमा आयोजित कार्यक्रममा सो गाविसलाई प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले सर्वोत्कृष्ट गाविस घोषणा गर्नुभएको हो ।सर्वोत्कृष्ट गाविसका रुपमा घोषित प्रगतिनगरलाई परासीमा आयोजित जिल्ला विकास समिति नवलपरासीको परिषद्मा रु दुई लाख पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।जिल्लाबाट छानिएका कावासोती ,शिवमंदिर,प्रगतिनगर, गैंडाकोट, रमपुरवा, मुकुन्दपुर र अमरापुरीमध्येबाट प्रगतिनगरलाई सर्वोत्कृष्ट गाविसका रुपमा घोषणा गरिएको हो ।
गाविस वर्गीकरणको क्रममा जिविसले तयार पारेको २५ वटा सूचकमध्ये सबैभन्दा बढी प्रगतिनगर गाविसले पुरा गरी पुरस्कृत भएको स्थानीय विकास अधिकारी वसन्त अधिकारीले जानकारी गराउनुभयो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें