
काठमाडौँ, असोज २७- गैर आवासीय नेपाली (एनआरएन) संघको अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका प्रत्याशी वर्तमान अध्यक्ष देवमान हिराचन उम्मेदवारी फिर्ता लिन सहमत भएपछि लामिछाने निर्विरोध भएका हुन्। संघको जारी बन्द सत्रलाई रोकेर दुई प्रत्याशीबीच सहमति भएको घोषणा गरिएको छ। घोषणामा लामिछाने र हिराचन दुवै उपस्थित थिए। बन्द सत्रमा भएको घोषणा लगत्तै सञ्चारकर्मी सामु उपस्थित भएका लामिछानेले हिराचनसँगै उपस्थित भई भने, 'हामी बीच कुनै मतभेद छैन।' उनले अगाडि भने, 'सानोतिनो कुरालाई बढाइचढाइ गरियो'। हिराचनले वर्तमान उपाध्यक्ष लामिछानेका लागि अध्यक्ष पद छाडेको बताउँदै उनको कार्यकालको सफलताको कामना गरे।
एनआरएनको आठ वर्षको इतिहासमा सँधै अध्यक्ष सर्वसम्मतिबाट चुनिँदै आएको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें