शुक्रवार, 11 नवंबर 2011

अब देखि सबै जिल्ला हरु बाट राहदानी वितरण गरिने

कार्तिक २५ गते २०६८
नेपाल सरकारले आज मिती कार्तिक २५ गते २०६८ देखि नेपालका ७५ जिल्लावाट मेसिन रिडेवल पासपोर्ट (एमआरपी) वितरण सुरु गरेको छ ।
जिल्ला जिल्लावाट राहदानीका लागि काठमाडौ आउनु पर्ने जनताको कठिनाइ अन्त गर्न सरकारले यो व्यवस्था गरेको हो । एमआरपीका लागि आवश्यक फारम र अन्य आवश्यक सामग्रीहरु जिल्ला जिल्लामा पठाइ सकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।दोव्वर दस्तुर तिरेर द्रुत सेवा लिन चाहनेहरुले भने राजधानी नै आउनु पर्ने छ भने सामान्य प्रक्रियावाट जिल्ला जिल्लावाट अव एमआरपी वितरण हुने छ । सामान्य सेवावाट राहदानी लिनेहरुले ५ हजार रुपिंया र असामान्य सेवावाट राहदानी लिनेहरुले १० हजार रुपिंया शुल्क तिर्नुपर्ने छ । द्रुत सेवावाट राहदानी लिनेले १ हप्तामा राहदानी प्राप्त गर्न सक्नेछन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें