मंगलवार, 30 नवंबर 2010

राष्ट्रपति दिनभरी नवलपरासी मा ब्यस्त

मंसिर १४, २०६७
डा. रामवरण यादवले हतियारको राजनीति अन्त्य गरेर समयमै नयाँ संविधान जारी गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताउनु भएको छ। ‘स्वदेशी उत्पादनमा भर परौँ, स्वाधीन अर्थतन्त्रको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ आयोजित पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला- २०६७ उद्घाटनका क्रममा राष्ट्रपति यादवले सो कुरा बताउनुभएकोहो ।कार्यक्रममा उहाँले राष्ट्रिय एकता, अखण्डता, स्वाधीनताका लागि सबै राजनीतिक दलबीच एकता, सहमति र सहकार्य जरुरी रहेको औँल्याउँदै २१औँ शताब्दीको चुनौती आर्थिक क्रान्ति भएको हुँदा सबैले चनाखो भएर जिम्मेवारीका साथ आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।तराई, पहाड र हिमाल जहाँसुकै बस्ने नेपालीबीच पनि आत्मीयता र सामीप्यता रहनुपर्नेमा जोड दिँदै राष्ट्रपति डा यादव भन्नुभयो- ” हामी सबैमा नेपाली हुँ भन्ने भावना जागृत भएमा मात्र हाम्रो अस्तित्व रहनेछ ।”राज्यको पुनःसंरचना वैज्ञानिक ढङ्गबाट हुनुपर्नेमा जोड दिँदै उहाँले नवलपरासी व्यापार मेला २०६७ अहिलेसम्मकै उत्कृष्ट मेला बन्न सफल होस् भन्ने शुभकामना पनि दिनुभयो ।कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारीले समूल आर्थिक उन्नति र परिवर्तनका लागि मुलुकमा शान्ति र स्थिरताको आवश्यकतामा जोड दिनुभयो ।मन्त्री भण्डारीले सरकारले भगवान् गौतम बुद्धसँग सम्बन्धित नवलपरासी, रूपन्देही र कपिलवस्तुमा रहेका स्थलहरूलाई समेटेर लुम्बिनी एकीकृत विकास योजना ल्याउन लागेको जानकारी दिनुभयो ।मन्त्री भण्डारीले त्रिवेणीधाम, बाल्मिकि आश्रम, मौलाकालिका, पाल्ही भगवतीजस्ता पवित्र पर्यटकीय सम्भावना बोकेका धार्मिकस्थललाई सन् २०११ को पर्यटन वर्षमा समेटिने बताउनुभयो ।समारोहमा कृषि तथा सहकारी मन्त्री मृगेन्द्रकुमार सिंह यादवले नवलपरासी व्यापार मेला कृषि क्षेत्रको अग्रणी र नमुना मेला बन्न सफल रहोस् भन्नुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले शान्तिविना आर्थिक क्रान्ति सम्भव नभएकाले सबै राजनीतिक दलले निहित स्वार्थ त्यागेर सहमतिको विन्दु पहिल्याउन आग्रह गर्नुभयो ।उहाँले चीन, भारतजस्ता राष्ट्रले शान्ति भएमा लगानी गर्न उत्सुकता देखाएको पनि बताउनुभयो ।मङ्सिर २१ गतेसम्म सञ्चालनमा रहने सो व्यापार मेलामा १७५ वटा स्टल रहेका छन् ।कृषि, पर्यटन, उद्योग, व्यापार प्रवर्द्धन एवम् सूचना प्रविधिको बृहत् प्रदर्शनी भनिए पनि मेलाको मुख्य आकर्षक कृषि र सूचना प्रविधि रहेको आयोजकले जनाएका छन् ।उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष वैजनाथ जैसवालको अध्यक्षतामा सम्पन्न सो समारोहमा स्थानीय भेषभूषा, कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।यसअघि डा यादवले गैँडाकोटस्थित मौलाकालिका मन्दिरको हातामा नवनिर्मित हवनकुण्डको प्रतिमा पूजा अर्चनासहित समुद्घाटन गर्नुभएको थियो ।राष्ट्रपति डा यादवले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरमा सहयोग गर्ने आठजना विशिष्ट महानुभावलाई सम्मान गर्नुभएको थियो ।कार्यक्रम समितिका अध्यक्ष विष्णुहरि रिमालको सभापतित्वमा भएको थियो ।

शनिवार, 27 नवंबर 2010

स्कूल मै अब यौन शिक्षा

शनिबार ११ गते मंसिर २०६७
एशियाली मुलका बिद्यार्थीलाई सेक्सका बारेमा कम जानकारी रहेको भन्दै न्यूजिल्याण्डको एक बिजनेस स्कुलले बिद्यालयमै यौन शिक्षा दिने भएको छ ।न्यूजिल्याण्ड हेराल्डका अनुसार अकुल्याण्ड कोनकोर्डिया स्कुल अफ बिजनेसले आफुकहाँ आएका अधिकांश एशियाली मुलका बिद्यार्थी सेक्सबारे अनबिज्ञ भएको भन्दै अनिवार्य सेक्स क्लास सुरुवात गर्ने भएको छ । अभिभावकभन्दा टाढा खुला समाजमा कसरी सेक्सलाई ह्याण्डिल गर्ने र सेक्स स्वतन्त्रतालाई उपभोग गर्ने भन्नेबारेमा सिकाउन यस्तो कक्षा सुरु गर्न लागिएको म्यानेजर फुवाले बताए ।एशियाली मुलका बिद्यार्थीमा सेक्सबारे जानकारी कम रहेको र उनीहरुको बिद्यालय शिक्षामा यौन शिक्षालाई अनिबार्य बिषय नबनाएका कारण पश्चिमी खुला समाजमा घुलमिल हुन गाह्रो हुने म्यानेजरले बताए । न्यूजिल्याण्डको एक सर्भेले गर्भपतन गराउनेमध्ये धेरै एशिलायी मुलका रहने गरेको तथ्याङ्क अघि सार्दै स्कुलका ती म्यानेजरले त्यसमध्ये पनि धेरैजसो बिदेशी बिद्यार्थी हुनसक्ने शंका ब्यक्त गरे ।घरपरिवारबाट स्वतन्त्र भएको र टाढा भएको ठानेर सेक्सलाई लार्पवाहीपूर्व प्रयोग गरेको भन्दै सेक्सलाई जिम्मेवारीपूर्वक लिन औपचारिक शिक्षा दिन लागिएको बताइएको छ । जे होस आफ्नो घर परिवारमा सेक्सबारे खुलेर छलफल गर्न नपाएका एशियालीले न्यूजिल्याण्डको स्कुलमा भने त्यसको गतिलो स्वाद लिने भएका छन् । छैन त काईदा ?

गुरुवार, 18 नवंबर 2010

सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा

बिहीबार मंसिर ०२ गते २०६७
सरकारले चालू वर्षदेखि सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा पुर्‍याउने भएको छ । सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई कम्प्युटर तथा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।
इ-लाइब्रेरी विकास गर्ने उद्देश्यले आगामी बजेटमा निःशुल्क इन्टरनेट कार्यक्रम घोषणा हुने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लका अनुसार पहुँच पुग्ने ठाउँमा निःशुल्क इन्टरनेट र कम्प्युटरको विकास गर्ने र पहुँच नभएका ठाउँमा पुस्तक व्यवस्था गर्ने कार्यक्रम तय भएको छ ।
'सन् ०२५ सम्म पुस्तकविना शिक्षा दिने लक्ष्य रहेकाले निःशुल्क इन्टरनेट र कम्प्युटर दिने कार्यक्रम बनाएका हौँ,' मन्त्री शुक्लले भने, 'कम्प्युटरबाट शिक्षा दिन सकेनौँ भने अब हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।इन्टरनेटको छुट्टै सेवा नपुगेका तर मोबाइल सुविधा भएका ठाउँमा समेत गुणस्तर हेरेर नयाँ कार्यक्रम लागू हुने मन्त्री शुक्लले जानकारी दिए । 'इ-लर्निङ' अत्यावश्यक भएकाले सरकारले यो कार्यक्रमलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । इ-लर्निङ प्रणालीबाट विज्ञान र गणित विषय अध्यापन गराइने पनि उनले बताए। कम्प्युटरबाट दिइने शिक्षा सबै ठाउँमा समान स्तरको होस् भनेर पाठ्यक्रमको तयारीसमेत भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रबाट बनाइएको पाठ्यक्रम केही दिनमै स्वीकृत हुने मन्त्री शुक्लले जानकारी दिए ।इन्टरनेट सुविधा पुर्‍याउन सकिने ठाउँबारे नेपाल टेलिकमसँग जानकारी मागिएको पनि शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले करिब एक दर्जन जिल्लाका विद्यालयमा पाइलट कार्यक्रमका रूपमा पहिले नै कम्प्युटर वितरण गरेको छ । इन्टरनेट सेवा ग्रामीण क्षेत्रका विद्यालयमा पुर्‍याउन चुनौती रहेको भन्दै शिक्षा मन्त्रालयले दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग सहयोग मागेको छ । मन्त्री शुक्लका अनुसार कम्प्युटरबाट शिक्षा दिने कार्यक्रममा सहयोग गर्न एक गैरसरकारी संस्थासँग मौखिक सहमति भइसकेको र केही दिनमै लिखित सम्झौता हुँदै छ । सामुदायिक विद्यालयका विद्यार्थी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम हुने शिक्षा मन्त्रालयले विश्वास लिएको छ ।
यसैबीच, शिक्षा मन्त्रालयले उच्च माध्यमिक विद्यालयमा चार हजार शिक्षक दरबन्दी सिर्जना गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । तर, अर्थले चार हजार शिक्षकका लागि रकम उपलब्ध गराउन सहमत भए पनि दरबन्दी सिर्जनामा आनाकानी गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकले आन्दोलन गरेपछि सरकारले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्ने सहमति गरेको थियो ।

लौ आइपुग्यो एम् आर पि

मंसिर ०२ गते २०६७
मेसिनले पढ्ने राहदानी (एमआरपी) को पहिलो खेपअन्तर्गत केही सय थान बुक बुधबार आइपुगेको छ। फ्रान्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार झरेको एमआरपी बुधबार मन्त्रालयमा दाखिल गरिएको छ। फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीले पहिलो खेपमा ट्राभल डकुमेन्ट, अफिसियल, साधारण र कूटनीतिक गरी चारै किसिमका एमआरपी पठाएको छ। मन्त्रालयले पहिलो खेपको संख्या खुलाएको छैन।'पहिलोपटक केही सय थान आइपुगेको छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'चारै किसिमका एमआरपी आएका छन्।' एक साताभित्र ४ लाख थान भित्रिने जानकारी स्रोतले दिएको छ। परराष्ट्र-ओबर्थर सम्झौतामा उल्लेख गरिएभन्दा दुई साता ढिला एमआरपी आइपुगेको हो। भदौ ११ गते भएको सम्झौताअनुसार दुवै पक्षले हस्ताक्षर गरेको ७० दिन कात्तिक १९ भित्र पहिलो खेप ४ लाख थान भित्रिनुपर्थ्यो।प्राविधिक र आन्तरिक कारण देखाउँदै ओबर्थरले एक साताअघि एमआरपी आउन केही दिन ढिलो हुने जनाएको थियो। जानकारीपत्रमा ओबर्थरले फ्रान्समा भएको हडताल र एमआरपीको बाहिरी कभरको मसी सुक्न समय लागेकाले ढिलो भएको उल्लेख छ। बुक आइपुगे पनि एमआरपी तत्काल जारी गर्ने पक्षमा परराष्ट्र नभएको स्रोतले बतायो। सरकारी अड्डा तथा कार्यालय, अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ), विदेशी नियोगलाई जानकारी गराउन बाँकी रहेकाले एमआरपी जारी गर्न घटीमा १५ दिन लाग्ने परराष्ट्रको भनाइ छ। परराष्ट्रका अनुसार एमआरपीमा सूचना इन्ट्री गर्ने दक्ष जनशक्ति तयार पार्न पनि अझै केही दिन लाग्नेछ।त्यसअघि एमआरपीबारे सर्वसाधारणलाई जानकारी गराउन विशेष अभियान चलाउने तयारीमा परराष्ट्र छ। 'हामी एक-दुई दिनमै एमआरपी जारी गर्नसक्ने अवस्थामा छौँ,' स्रोतले भन्यो, 'तर, सर्वसाधारणलाई यसबारे विस्तृत जानकारी दिएर जारी गर्दा एमआरपीमा गल्ती हुने सम्भावना कम रहने भएकाले पहिले अभियान चलाउन लागिएको हो।'

मंगलवार, 16 नवंबर 2010

नवलपरासीको डांडाझेरिमा मोटर पुग्यो

कावासोती ,नवलपरासी
कार्तिक ३० गते २०६७
नवलपरासीका ७३ गाविसमध्ये बिकट मानिने पहाडी क्षेत्रको डाँडाझेरी गाविसमा पनि पहिलोपटक स्थानीय जनताले मोटरबाटो पुर्‍याएका छन् । जिल्लाको सबैभन्दा पहाडी र बिकट मानिने डाँडाझेरी गाविसमा अहिले स्थानीयबासीले आफ्नौ रकम खर्च गरी आफ्ैले निरन्तर रुपमा श्रमदान गरी बल्ला गाउँसम्म पहिलोपटक मोटरबाटो पुर्‍याएका हन् । त्रिहत्तर गाविसमध्ये ७२ गाविसमा मोटरबाटो पुगेपनि विकट डाँडाझेरी गाविसमा भने मोटरबाटो पुग्न सकेको थिएन, पटक-पटकको प्रयास भएर पनि बाटो पुग्न नसकेपछि स्थानीय जनताले आफ्नै पहल र जिविस र गाविसको सहयोगमा मोटरबाटो पुर्‍याएका हुन् ।
जिल्ला सदरमुकामबाट सबैभन्दा लामो दूरीमा रहेको विकट गाविसमा मोटरबाटो पुगेपछि स्थानीयस्तरमा उत्पादित सुन्तला, अदुवा, दालचिनी, अलैंची, खुर्सानीले बजार पाएपछि स्थानीय किसानहरु हषिर्त भएका छन् ,दुई वर्षअघि गाविसले रु.तीन लाख ८० हजार, सभासद् सशाङ्क कोइरालाबाट रु. एक लाख ९० हजार, गाविसबाट पुनः रु. ५० हजार प्राप्त भएको र नपुग रकम स्थानीय डाँडाझेरी गाविस- ९ का स्थानीय वासिन्दाले सङ्कलन गरी श्रमदानबाट मोटरबाटो निर्माण गरेको उपभोक्ता समितिका उपाध्यक्ष यमबहादुर दर्लामी मगरले बताउनुभयो । विभिन्न व्यक्ति, सङ्घ संस्थाले रकम दिने आश्वासन दिएपनि नपाएको र आफुहरुले व्याजमा ऋण काढेर सडक पुर्‍याएको स्थानीय डाँडाझेरी गाविसका पूर्व उपाध्यक्ष लालबहादुर गरंजा मगरले भन्नुभयो । तर अहिले गाउँलेले श्रमदान साथै रकम समेत रु. चार लाख ५० हजार सयकडा रु. तीनमा व्याज तिर्ने गरी ऋण काढेर गाउँमा मोटरबाटो पुर्‍याएका छन् मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताउनुभयो

मंगलवार, 9 नवंबर 2010

समय मै ऍम आर पि पासपोर्ट उपलब्ध गराउन असफल

मंगलबार,नोवेम्बर ,०९,२०१०

मिटर रिडेबल पासपोर्ट एमआरपी छपाइको जिम्मा पाएको फ्रान्सेली कम्पनी ओबर्थर समयमा एमआरपी पासपोर्ट उपलब्ध गराउन असफल भएको छ। सम्झौता अनुसार यही कात्तिक २१ गतेभित्र एमआरपीको पहिलो लट नेपाल आइपुगिसक्नु पर्ने थियो। तोकिएको समयमा एमआरपी नेपाल नभित्रिएपछि नेपालले सन् दुई हजार एघार जनवरी एकबाट एमआरपी जारी गर्ने विषय विवादमा पर्न सक्ने देखिएको छ। सम्झौता अनुसार एमआरपी छपाइ, सुरक्षा, आपूर्ति, सफ्टवेयर विकास तथा इन्स्टल र व्यक्तिगत सूचना एमआरपीमा राख्ने लगायत सम्पूर्ण काम ओबर्थरले कात्तिक उन्नाइस गतेभित्र गरिसक्नु पर्थ्यो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओसँग प्रतिवद्धता जनाएअनुसार अबको डेढ महिनामा एमआरपी जारी भइसक्नुपर्ने हुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार सर्वसाधारणले एमआरपीका लागि फर्म बुझाएको छदेखि आठ हप्तापछि मात्र एमआरपी पाउने छन्। त्यसका लागि व्यक्तिगत जानकारी संकलन कार्य यतिबेला प्रारम्भ भइसकेको हुनुपर्थ्यो । तर, सो नहुँदा एमआरपी वितरण प्रक्रिया झनै ढिला हुदा सर्बसधारण जनता थप पर्कामा पर्ने निश्चित छ।

रविवार, 7 नवंबर 2010

देख्ने, सुन्ने र सचेत गराउने नयाँ सीसी टिभी


बेलायतको एउटा कम्पनीले एउटा यस्तो सीसी टिभी प्रविधि विकास गरेको छ जसले केवल आफू वरपर नजर राख्ने मात्र राख्ने होइन केही भइहालेमा चर्को स्वरमा आलार्म बजाएर सुरक्षाकर्मीलाई सचेत समेत गराउन सक्दछ। यो सीसी टिभी प्रविधिले कोही सहयोगका लागि आग्रह गरिरहेको छ, कतै झगडा भइरहेको छ वा कोही निकै आवेगमा छ त्यो पनि पत्ता लगाउन सक्दछ।क्याब्रीजको एउटा कम्पनी अडियो एनालिटिकले यो नयाँ सफ्टवेयर विकास गरेको हो। जसले अलग अलग पिचमा प्रेषित आवाजमा भेद पत्ता लगाउन सक्दछ। यो सफ्टवेयरले आवाजको गहिराई मापन गर्न सक्छ। एकभन्दा बढी आवाज पहिचान गर्न सक्दछ। आवेग वा तेज आवाज महशुस गर्न सक्दछ। यसबाट थाहा हुनेछ कि कोही सहयोगका लागि आग्रह गरिरहेको छ वा छैन ।सामान्यतः एक जना सुरक्षाकर्मीले आफू अगाडि रहेका स्क्रीनमा २०/३० सीसी टिभी क्यामेराबाट प्रसारित तस्वीरमा नजर राख्दछन् । यस्तो अवस्थामा पुरा दिनभरमा उसबाट केही चुक हुने सम्भावना कायम रहन्छ। यस्तोमा यो प्रविधि काम लाग्न सक्दछ। जस्तो कि कसैले सहयोगका लागि आग्रह गरेर कराएमा यो प्रविधिले सुरक्षाकर्मीलाई सतर्क गराइहाल्छ। यसबाट कुनै कमीकमजोरी वा चुक हुने सम्भावना कम हुनेछ।

संपूर्ण मित्रहरुलई फेरी पनी स्वागत छ है


बिभिध कारण बस हजुरहरू सामू केहि समय आउन सकिन है ,तपाईको मनमा लागेको कुरा हरु संसार भरी रहनु भएका आफंता हरुलाई बाड्ना सक्नु हुन्छा .