मंगलवार, 16 नवंबर 2010

नवलपरासीको डांडाझेरिमा मोटर पुग्यो

कावासोती ,नवलपरासी
कार्तिक ३० गते २०६७
नवलपरासीका ७३ गाविसमध्ये बिकट मानिने पहाडी क्षेत्रको डाँडाझेरी गाविसमा पनि पहिलोपटक स्थानीय जनताले मोटरबाटो पुर्‍याएका छन् । जिल्लाको सबैभन्दा पहाडी र बिकट मानिने डाँडाझेरी गाविसमा अहिले स्थानीयबासीले आफ्नौ रकम खर्च गरी आफ्ैले निरन्तर रुपमा श्रमदान गरी बल्ला गाउँसम्म पहिलोपटक मोटरबाटो पुर्‍याएका हन् । त्रिहत्तर गाविसमध्ये ७२ गाविसमा मोटरबाटो पुगेपनि विकट डाँडाझेरी गाविसमा भने मोटरबाटो पुग्न सकेको थिएन, पटक-पटकको प्रयास भएर पनि बाटो पुग्न नसकेपछि स्थानीय जनताले आफ्नै पहल र जिविस र गाविसको सहयोगमा मोटरबाटो पुर्‍याएका हुन् ।
जिल्ला सदरमुकामबाट सबैभन्दा लामो दूरीमा रहेको विकट गाविसमा मोटरबाटो पुगेपछि स्थानीयस्तरमा उत्पादित सुन्तला, अदुवा, दालचिनी, अलैंची, खुर्सानीले बजार पाएपछि स्थानीय किसानहरु हषिर्त भएका छन् ,दुई वर्षअघि गाविसले रु.तीन लाख ८० हजार, सभासद् सशाङ्क कोइरालाबाट रु. एक लाख ९० हजार, गाविसबाट पुनः रु. ५० हजार प्राप्त भएको र नपुग रकम स्थानीय डाँडाझेरी गाविस- ९ का स्थानीय वासिन्दाले सङ्कलन गरी श्रमदानबाट मोटरबाटो निर्माण गरेको उपभोक्ता समितिका उपाध्यक्ष यमबहादुर दर्लामी मगरले बताउनुभयो । विभिन्न व्यक्ति, सङ्घ संस्थाले रकम दिने आश्वासन दिएपनि नपाएको र आफुहरुले व्याजमा ऋण काढेर सडक पुर्‍याएको स्थानीय डाँडाझेरी गाविसका पूर्व उपाध्यक्ष लालबहादुर गरंजा मगरले भन्नुभयो । तर अहिले गाउँलेले श्रमदान साथै रकम समेत रु. चार लाख ५० हजार सयकडा रु. तीनमा व्याज तिर्ने गरी ऋण काढेर गाउँमा मोटरबाटो पुर्‍याएका छन् मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताउनुभयो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें