गुरुवार, 18 नवंबर 2010

लौ आइपुग्यो एम् आर पि

मंसिर ०२ गते २०६७
मेसिनले पढ्ने राहदानी (एमआरपी) को पहिलो खेपअन्तर्गत केही सय थान बुक बुधबार आइपुगेको छ। फ्रान्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार झरेको एमआरपी बुधबार मन्त्रालयमा दाखिल गरिएको छ। फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीले पहिलो खेपमा ट्राभल डकुमेन्ट, अफिसियल, साधारण र कूटनीतिक गरी चारै किसिमका एमआरपी पठाएको छ। मन्त्रालयले पहिलो खेपको संख्या खुलाएको छैन।'पहिलोपटक केही सय थान आइपुगेको छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'चारै किसिमका एमआरपी आएका छन्।' एक साताभित्र ४ लाख थान भित्रिने जानकारी स्रोतले दिएको छ। परराष्ट्र-ओबर्थर सम्झौतामा उल्लेख गरिएभन्दा दुई साता ढिला एमआरपी आइपुगेको हो। भदौ ११ गते भएको सम्झौताअनुसार दुवै पक्षले हस्ताक्षर गरेको ७० दिन कात्तिक १९ भित्र पहिलो खेप ४ लाख थान भित्रिनुपर्थ्यो।प्राविधिक र आन्तरिक कारण देखाउँदै ओबर्थरले एक साताअघि एमआरपी आउन केही दिन ढिलो हुने जनाएको थियो। जानकारीपत्रमा ओबर्थरले फ्रान्समा भएको हडताल र एमआरपीको बाहिरी कभरको मसी सुक्न समय लागेकाले ढिलो भएको उल्लेख छ। बुक आइपुगे पनि एमआरपी तत्काल जारी गर्ने पक्षमा परराष्ट्र नभएको स्रोतले बतायो। सरकारी अड्डा तथा कार्यालय, अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ), विदेशी नियोगलाई जानकारी गराउन बाँकी रहेकाले एमआरपी जारी गर्न घटीमा १५ दिन लाग्ने परराष्ट्रको भनाइ छ। परराष्ट्रका अनुसार एमआरपीमा सूचना इन्ट्री गर्ने दक्ष जनशक्ति तयार पार्न पनि अझै केही दिन लाग्नेछ।त्यसअघि एमआरपीबारे सर्वसाधारणलाई जानकारी गराउन विशेष अभियान चलाउने तयारीमा परराष्ट्र छ। 'हामी एक-दुई दिनमै एमआरपी जारी गर्नसक्ने अवस्थामा छौँ,' स्रोतले भन्यो, 'तर, सर्वसाधारणलाई यसबारे विस्तृत जानकारी दिएर जारी गर्दा एमआरपीमा गल्ती हुने सम्भावना कम रहने भएकाले पहिले अभियान चलाउन लागिएको हो।'

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें