शुक्रवार, 28 जनवरी 2011

कतारको दुताबासमा रहेका घरफिरती हरु

शुक्रबार १४ माघ २०६७/२८ जनुअरी २०११

कतारको दुताबासमा फिर्तीमा रहेका नेपालीको संख्यामा उल्लेख्य कमी आएको छ । नेपाली नियोगले उपलब्ध गराएको जानकारी अनुसार २३ जनवरीसम्म २ सय ८ जना नेपालीहरु फिर्तिकेन्द्रमा रहेका छन् । आन्तरिक मामिला मन्त्रालयको खोजतलास एवं अनुगमन विभागमा दुतावासका जनसम्पर्क अधिकारीको भ्रमणका क्रममा सो आँकडा प्राप्त भएको हो ।अघिल्लो महिनाको तुलनामा यो संख्यामा निकै कमी आएको हो । डिसेम्बरको अन्तसम्ममा ३ सय १७ नेपालीहरु फिर्ती कन्द्रमा रहेका थिए । केहि महिनादेखि कतारको फिर्ति केन्द्रमा रहेका नेपालीहरुमध्ये हालैका दिनमा मुलुक फर्कने नेपालीको संख्या उल्लेख्य रहेको यो तथ्यांकले देखाएको छ । पछिल्ला दिनमा धेरैजना नेपाली मुलुक फर्किसकेको राजदुत डा, सुर्यनाथ मिश्रले बताए ।दुताबस सन्तोषजनक हुँदै आएको छ । अझै प्रयास गर्नसम्ने हो भने यो संख्या एक सयभन्दा तल ल्याउन सकिन्छ राजदुतले भने- 'क्रमशः नेपालीको संख्या कम हुँदै गएको छ र बाँकी रहेकाहरु पनि छिट्टै फर्कने आशा लिएका छौं ।'फिर्ति केन्द्रमा विभिन्न समस्याका कारण मुलुक फिर्ता जानुपरेका वा पठाइन लागेका ब्यक्तिहरुलाई राख्ने गरिन्छ । फिर्तिकेन्द्रमा रहेकाहरुलाई उनीहरुको फिर्तिका लागि प्रकृया सम्पन्न गरी प्रायः ३ महिनाभित्रको अवधिमा मुलुक फिर्ता पठाइन्छ ।
अधिकांस नेपालीजन नेपाली दुतावासकै कागजपत्र लिएर मुलुक फर्कनका लागि फिर्तिकेन्द्रमा पुगेका हुन्छन् । स्पोन्सर वा कम्पनी छाडी भागेपछि वा कतार बसाई गैरकानुनी हैसियतको बनेपछि उनीहरु घर फिर्ता हुँदा दुतावासको पत्र लिई फिर्तिकेन्द्रमा जानुपर्ने हुन्छ । गैर कानुनी हैसियतका कारण 'भेलिड कतारी आइडी' नभएकाहरु कार्यस्थल वा अन्य कुनै पनि ठाउँबाट प्रहरी खानतलासीका क्रममा पक्राउ परेमा फिर्ति केन्द्रमै राखिन्छ ।

शुक्रवार, 21 जनवरी 2011

मदरसा मा बालबालिका

शुक्रबार ७ गते माघ २०६७
जिल्ला शिक्षा कार्यालय अनुसार नवलपरासी जिल्लाभरि कुल पाँच हजार पाँच सय ८३ जना मुस्लिम समुदायका बालबालिका मदरसामा अध्ययन गर्दै आएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा छरिएर रहेका कुल ४८ वटा समुदायस्तरका मदरसामा उक्त सङ्ख्यामा मुस्लिम समुदायका बालबालिका अध्ययन गर्दै आएका छन । तीमध्ये तीन हजार एक सय तीनजना बालिका र दुई हजार चार सय ८० जना बालक रहेको जिल्ला शिक्षा कार्यालय ले जनाएको छ । जिल्ला शिक्षा कार्यालयमार्फत स्वीकृति प्रदान गरिएका ती सबै मदरसा लाई जिल्ला शिक्षा कार्यालयले सक्दो सहयोग दिँदै आएको जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले बताउनुभयो ।

शुक्रवार, 14 जनवरी 2011

नेपाल पर्यटन बर्ष २०११


शुक्रबार ३० गते पुष २०६७ /१४ जनवरी २०११
नेपाल पर्यटन वर्ष २०११ आज औपचारिक रुपमा देशभर मनाइँदैछ । पर्यटन वर्षअन्तर्गत दस लाख पर्यटक भित्रयाउने योजना रहेको छ ।
यसै उपलक्ष्यमा आज दिउँसो काठमानडू स्थित दशरथ रङ्गशालामा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा। रामवरण यादवले पर्यटन वर्षको शुभारम्भ गर्नु भयको छ । समारोहमा प्रधानमन्त्री माधवकुमार नेपाल, पर्यटन तथा नागरिक उडडयनमन्त्री शरत्सिंह भण्डारीलगायत अन्य मंत्री हरु तथा विशिष्ट व्यक्ति र जनसमुदायको सहभागिता रहेको थियो । यसैगरी, आज साँझ टुँडिखेलमा विशेष कार्यक्रमसहित आतशवाजी गरिनेछ । पर्यटन वर्षको शुभारम्भको अवसर पारेर राजधानीमा आयोजित सार्क पर्यटन मन्त्रिस्तरीय बैठकले सार्क क्षेत्रको पर्यटन-प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएको छ । सरकारले पर्यटन वर्षको औपचारिक शुभारम्भका दिन आज देशभरका शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अघिल्लो सरकारले सन् २०११ लाई पर्यटन वर्ष मनाउने घोषणा गरेको थियो । यसअघि सन् १९९८ मा नेपाल भ्रमण वर्षको आयोजना गरी पर्यटन प्रवर्द्धनको कार्य गरिएको थियो ।

बुधवार, 12 जनवरी 2011

अत्यधिक जाड़ो

बुधबार २८ पौष २०६७
कावासोती ,नवलपरासीमा चिसो बढ्दै गएपछि आगामी माघं ३ गतेसम्मकालागी जिल्लाका सबै निजी बिद्यालय बन्द भएका छन । जिल्लामा बिगत २ साता देखी चिसो बढ्दै गएपछि जिल्लाका सम्पुर्ण निजी बिद्यालयहरु बन्द गरिएको हो । बिगत २ साता देखी यस क्षेत्रमा चिसो बढ्दै जादा यस क्षेत्रको जनजबिन थप कष्टकर बन्दै गएको छ। विगत केही दिनदेखि चलेको शीतलहरका कारण नवलपरासी र आसपासका क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।चिसोबाट बालबालिका, वृद्धवृद्धा र विपन्नवर्गका व्यक्ति सर्वाधिक प्रभावित भएका छन् । चिसोले गर्दा जिल्लाका मुख्य बजार कावासोती ,शिवमंदिर ,परासी, सुनवल, बर्दघाट, अरुणखोला, चोरमारा, डण्डा, रजहर, गैडाकोटलगायत स्थान सुनसान भएका छन् ।
चिसो भगाउन रामग्राम नगरपालिकाले गाउँगाउँमा दाउरा वितरण गर्नुका साथै चोकचोकमा आगो बाल्ने व्यवस्था मिलाएको नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतमले बताउनुभयो ।

रविवार, 9 जनवरी 2011

नवलपरासी मा मैन्त्रिपूर्ण फुटबल खेल

आइतबार २५ पौष २०६७/०९ जनवरी २०११
प्रगतिनगर गाविसका पूर्व सचिव स्व. कर्णवहादुर थापाको स्मृतीमा नवलपरासीमा शनिवार खेलकुद पत्रकार मंचले आयोजना गरेको पत्रकार र गाविस सचिव बिचको मैत्रिपुण् फुटवल प्रतियोगिताको उपाघि गाविस सचिवहरुले हात पारेकाछन् । स्थानिय शहिद स्मृति रङशाला रामनगर २ बडेराको खेल मैदान मा संचालित फुटवल प्रतियोगितामा खेल सुरु भएको २२ मिनेटमा सुनवल गाविसका दिपक तिबारीले १ गोल गरे । खेल सुरु गरेको पहिलो भागमा रामनगर गाविसका अग्निधर न्यौपानेले एक गोल गरेका थिए । त्यसै गरि सुनवल गाविसकै अमर कुंवरले १ गोल गरेका थिए । पत्रकार बाट निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि गाविस सचिवले पत्रकारलाई ३ गोलले जितेका थिए । खेलकुद पत्रकार मंच नवलपरासीका अध्यक्ष तारा चन्द्र बर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हरीराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न् प्रतियोगितामा र्स्वगिय पूर्व गाविस सचिव स्व. कर्णवहादुर थापाकी धर्मपत्नी भिम कुमारी थापालाई सम्मान गरिएको थियो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजयनाथ यादव , नवलपरासी जिल्ला फुटवल संघका अध्यक्ष प्रकास पंगेनी , गाविस हकहित संरक्षण मंचका अध्यक्ष घनश्याम गाहा , लुम्बिनी चिनी कारखानाका महाप्रवन्धक बाबुलाल अग्रवाल , खेलकुद सचिब केशब रेग्मी लगाएतले खेलकुद गतिविधिका बारेमा चर्चा गरे्का थिए । यसैबिच जिल्लाको खेलकुद विकास र पत्रकार मंच गठनमा उल्लेखनिय योगदान गरेबापत नवलपरासी जिल्ला फुटवल संघका अध्यक्ष प्रकाश पंगेनिलाई मंचले दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको थियो । प्रतियोगितामा बिजयी समुहलाई १० हजार नगद र प्रमाण पत्र बितरण गरिएको थियो । पुरस्कारको प्रायोजन हार्मो लिंक प्रोजेक्टले संयोजन्य गरेको थियो ।

गुरुवार, 6 जनवरी 2011

पुल नबंदा आवत जावत मा समस्या

२३ गते पुष २०६७/०६ जनवरी २०११
नवलपरासी जिल्लाको दाउन्नेदेवी गाउँ विकास समिति भएर बग्ने खजुराखोलामा पुल नबन्दा स्थानीयावासी हरुलाई आवागमनमा समस्या भएको छ । दैनिक माकर गा.बी.स.को बर्दघाटबजारदेखि जमुनिया हुँदै दाउन्नेसम्म सार्वजनिक सवारीसाधन चल्ने भए पनि त्यहाँ पुल नहुँदा आवागमनमा कठिनाइ भएको हो ।
खोलामाथि फट्केको व्यवस्था गरी जोखिमपूर्ण रूपमा गाउँलेहरू आवातजावत गर्ने गरेको स्थानीय टोपबहादुर ठकुरीले बताउनुभयो ।
सुक्खायाममा गाडी चल्ने गरे पनि वर्षायाम समयमा यातायातका साधन सञ्चालन नहुँदा बर्सेनि सर्वसाधारणलाई आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन समस्या हुने गरेको छ ।