आइतबार २५ पौष २०६७/०९ जनवरी २०११
प्रगतिनगर गाविसका पूर्व सचिव स्व. कर्णवहादुर थापाको स्मृतीमा नवलपरासीमा शनिवार खेलकुद पत्रकार मंचले आयोजना गरेको पत्रकार र गाविस सचिव बिचको मैत्रिपुण् फुटवल प्रतियोगिताको उपाघि गाविस सचिवहरुले हात पारेकाछन् । स्थानिय शहिद स्मृति रङशाला रामनगर २ बडेराको खेल मैदान मा संचालित फुटवल प्रतियोगितामा खेल सुरु भएको २२ मिनेटमा सुनवल गाविसका दिपक तिबारीले १ गोल गरे । खेल सुरु गरेको पहिलो भागमा रामनगर गाविसका अग्निधर न्यौपानेले एक गोल गरेका थिए । त्यसै गरि सुनवल गाविसकै अमर कुंवरले १ गोल गरेका थिए । पत्रकार बाट निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि गाविस सचिवले पत्रकारलाई ३ गोलले जितेका थिए । खेलकुद पत्रकार मंच नवलपरासीका अध्यक्ष तारा चन्द्र बर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हरीराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न् प्रतियोगितामा र्स्वगिय पूर्व गाविस सचिव स्व. कर्णवहादुर थापाकी धर्मपत्नी भिम कुमारी थापालाई सम्मान गरिएको थियो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजयनाथ यादव , नवलपरासी जिल्ला फुटवल संघका अध्यक्ष प्रकास पंगेनी , गाविस हकहित संरक्षण मंचका अध्यक्ष घनश्याम गाहा , लुम्बिनी चिनी कारखानाका महाप्रवन्धक बाबुलाल अग्रवाल , खेलकुद सचिब केशब रेग्मी लगाएतले खेलकुद गतिविधिका बारेमा चर्चा गरे्का थिए । यसैबिच जिल्लाको खेलकुद विकास र पत्रकार मंच गठनमा उल्लेखनिय योगदान गरेबापत नवलपरासी जिल्ला फुटवल संघका अध्यक्ष प्रकाश पंगेनिलाई मंचले दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको थियो । प्रतियोगितामा बिजयी समुहलाई १० हजार नगद र प्रमाण पत्र बितरण गरिएको थियो । पुरस्कारको प्रायोजन हार्मो लिंक प्रोजेक्टले संयोजन्य गरेको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें