बिहीबार माघ २७ २०६७/१० ,फेब्रुअरी २०११
नवलपरासी को मध्यवर्ती क्षेत्रमा गैंडालाई झड्का दिन तारबार गरेपछि गैंडा गाउँ पस्न छाडेको छ । गैंडा गाउँ पसेर मध्यवर्ती क्षेत्र भित्र रहेको किसानहरुले लगाएको बालीनाली नोक्सान गर्ने, मानवीय क्षति पुर्याउने गरेपछि त्यसलाई नियन्त्रण गर्न मध्यवर्ती क्षेत्रमा झड्का हान्ने तारबार गरिएको हो ।
नवलपरासीका पिठौली, कावासोती, अग्यौली, रजहर, मुकुन्दपुर, अमरापुरी, दिव्यपुरीलगायतका क्षेत्रमा जङ्गली जनावर नमर्ने तर तर्साउने गरेर झड्का दिने तारबार गरिएको छ । जनेरेटर प्रयोगबाट रातिको समयमा झड्का दिने तारमा विद्युत प्रवाह गरिने र त्यस वरपर मानिसलाई समेत जान नदिने गरिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारी नवलपरासीका सहायक वार्डेन लालविहारी यादवले बताउनुभयो ।जङ्गली जनावर गाउँ पस्न छाडेपछि मध्यवर्ती क्षेत्रका किसानहरुले निर्वाध रुपमा खेतीपाती गर्न पाएको अग्यौली-५ बाघखोर बोटे टोलका लालबहादुर बोटेले बताउनुभयो । यसअघि किसानहरुले जङ्गली जनाबरबाट बालीनाली जोगाउन खेतबारीमा मचान बनाएर जाग्राम बस्ने गर्दथे ।
कामको सिलसिलामा विभिन्न देशमा छरिएर रहनु भएका सम्पूर्ण चिर-परिचित मित्रहरु नेपाल पर्यटन बर्ष २०११ लाई सफल पारौ,(कावासोतीनेपाल ) भीम रावल नवलपरासी तथा लम्जुंग हाल दोहा कतार बाट
गुरुवार, 10 फ़रवरी 2011
बुधवार, 9 फ़रवरी 2011
बजारभाऊ नापाउदा नवलपरासीमा लाखौको क्षेती
कावासोती-शिभमन्दिर
बुधबार माघ २६ गते २०६७/९ फेब्रुरी २०११
नवलपरासीको पहाडी क्षेत्रमा रहेको दालचिनीका पात(तेजपत्ता ) कृषकहरूले सोत्तरको रुपकमा प्रयोग गर्न थालेका छन् । तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग गरिने दालचिनीको पात (तेजपत्ता ) ले बजार भाउ नपाएपछि पहाडी क्षेत्रका कृषकहरूले लाखौँको नोक्सानी बेहोर्नु परेको छ ।
नवलपरासीको डाँडाझेरी-८ छरछरेका कृषक बलबहादुर वाचे मगरका अनुसार दालचिनीको पात स्याहार्न झंझट हुने, बोकेर बजारसम्म पुर्याएपछि व्यापारीले उचित मूल्य नदिने गरेका कारण कृषकहरूले यसलाई सोत्तरका रूपमा प्रयोग गर्न थालेका हुन् । पहाडमा बारीको कान्लाकान्ला र भिरालो जमिनमा हुने तेजपात बिक्री नभए पनि बोक्रा भने बर्सेनि काढेर बेच्ने गरेको कृषक बमबहादुर सुनारी मगरले बताउनुभएको छ । प्रतिबोटबाट बर्सेनि १० देखि १५ किलोग्रामसम्म तयार हुने र प्रतिकिलोग्राम चालीसदेखि पचास रुपैयाँसम्म बिक्री हुने गर्छ । यसको बजारभाऊ ब्याबस्थित गर्ने हो भने लाखौको आमदानी गर्न सकिने छ ।

सोमवार, 7 फ़रवरी 2011
नया बिश्वा रेकर्ड राख्दै छ नेपाल ले
सोमबार २४ माघ २०६७ /फेब्रुअरी ७, २०११
जलश्रोतको लागि विश्वको दोश्रो धनि देश नेपाल भनेर बिश्वा मा रेकर्ड राखेको छ तर अब त्याही देशमा दिनको १४ घंटा लोडसेडिड हुन्छ भनेर पनि विश्वमा रेकर्ड राख्ने भएको छ । हिजोसम्म दिनको १२ घण्टा लोडसेडिडको मार खप्तै आएका नेपाली जनताले आजबाट अरु दुई घण्टा थपेर अब दिनमा १४ घण्टा लोडसेडिडको मार व्यहोर्नु पर्ने भएको छ ।एक महिनाको अवधिमा दुई पटक लोडसेडिड,बढाएको नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नयां तालिका अनुसार अब जनताले दिनको १० घण्टा मात्र विद्युत उपयोग गर्न पाउने छन् । त्यो पनि प्रयोग नहुने रातिको समय समेत जोडेर हो ।उता प्राधिकरणले भने सुख्खा याम लागिसकेको र जलासयहरुमा पानीको सतह घटेकाले लोडसेडिडको समयावधि बढाउनु परेको जनाएको छ । अब देखि हप्तमा ९८ घण्टा लोडसेडिड. हुने प्राधिकरणले जनाएको छ ।

गुरुवार, 3 फ़रवरी 2011
नेपालको ३४औ नया प्रधानमन्त्रि
झलनाथ खनाल नेपालको ३४औ तथा एमालेको तर्फा बाट उहा तेस्रो प्रधानमन्त्रि मा आज निर्बाचित हुनुभएको छ . माओबादीको समर्थनमा उहा नेपालको नया प्रधानमन्त्रिमा चुनिनु भएको हो .
सदस्यता लें
टिप्पणियाँ (Atom)