गुरुवार, 10 फ़रवरी 2011

गैंडालाई झड्का दिन तारबार

बिहीबार माघ २७ २०६७/१० ,फेब्रुअरी २०११
नवलपरासी को मध्यवर्ती क्षेत्रमा गैंडालाई झड्का दिन तारबार गरेपछि गैंडा गाउँ पस्न छाडेको छ । गैंडा गाउँ पसेर मध्यवर्ती क्षेत्र भित्र रहेको किसानहरुले लगाएको बालीनाली नोक्सान गर्ने, मानवीय क्षति पुर्‍याउने गरेपछि त्यसलाई नियन्त्रण गर्न मध्यवर्ती क्षेत्रमा झड्का हान्ने तारबार गरिएको हो ।
नवलपरासीका पिठौली, कावासोती, अग्यौली, रजहर, मुकुन्दपुर, अमरापुरी, दिव्यपुरीलगायतका क्षेत्रमा जङ्गली जनावर नमर्ने तर तर्साउने गरेर झड्का दिने तारबार गरिएको छ । जनेरेटर प्रयोगबाट रातिको समयमा झड्का दिने तारमा विद्युत प्रवाह गरिने र त्यस वरपर मानिसलाई समेत जान नदिने गरिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारी नवलपरासीका सहायक वार्डेन लालविहारी यादवले बताउनुभयो ।जङ्गली जनावर गाउँ पस्न छाडेपछि मध्यवर्ती क्षेत्रका किसानहरुले निर्वाध रुपमा खेतीपाती गर्न पाएको अग्यौली-५ बाघखोर बोटे टोलका लालबहादुर बोटेले बताउनुभयो । यसअघि किसानहरुले जङ्गली जनाबरबाट बालीनाली जोगाउन खेतबारीमा मचान बनाएर जाग्राम बस्ने गर्दथे ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें