बुधवार, 9 फ़रवरी 2011

बजारभाऊ नापाउदा नवलपरासीमा लाखौको क्षेती

कावासोती-शिभमन्दिर
बुधबार माघ २६ गते २०६७/९ फेब्रुरी २०११
नवलपरासीको पहाडी क्षेत्रमा रहेको दालचिनीका पात(तेजपत्ता ) कृषकहरूले सोत्तरको रुपकमा प्रयोग गर्न थालेका छन् । तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग गरिने दालचिनीको पात (तेजपत्ता ) ले बजार भाउ नपाएपछि पहाडी क्षेत्रका कृषकहरूले लाखौँको नोक्सानी बेहोर्नु परेको छ ।
नवलपरासीको डाँडाझेरी-८ छरछरेका कृषक बलबहादुर वाचे मगरका अनुसार दालचिनीको पात स्याहार्न झंझट हुने, बोकेर बजारसम्म पुर्‍याएपछि व्यापारीले उचित मूल्य नदिने गरेका कारण कृषकहरूले यसलाई सोत्तरका रूपमा प्रयोग गर्न थालेका हुन् । पहाडमा बारीको कान्लाकान्ला र भिरालो जमिनमा हुने तेजपात बिक्री नभए पनि बोक्रा भने बर्सेनि काढेर बेच्ने गरेको कृषक बमबहादुर सुनारी मगरले बताउनुभएको छ । प्रतिबोटबाट बर्सेनि १० देखि १५ किलोग्रामसम्म तयार हुने र प्रतिकिलोग्राम चालीसदेखि पचास रुपैयाँसम्म बिक्री हुने गर्छ । यसको बजारभाऊ ब्याबस्थित गर्ने हो भने लाखौको आमदानी गर्न सकिने छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें