सोमवार, 7 फ़रवरी 2011

नया बिश्वा रेकर्ड राख्दै छ नेपाल ले

सोमबार २४ माघ २०६७ /फेब्रुअरी ७, २०११
जलश्रोतको लागि विश्वको दोश्रो धनि देश नेपाल भनेर बिश्वा मा रेकर्ड राखेको छ तर अब त्याही देशमा दिनको १४ घंटा लोडसेडिड हुन्छ भनेर पनि विश्वमा रेकर्ड राख्ने भएको छ । हिजोसम्म दिनको १२ घण्टा लोडसेडिडको मार खप्तै आएका नेपाली जनताले आजबाट अरु दुई घण्टा थपेर अब दिनमा १४ घण्टा लोडसेडिडको मार व्यहोर्नु पर्ने भएको छ ।एक महिनाको अवधिमा दुई पटक लोडसेडिड,बढाएको नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नयां तालिका अनुसार अब जनताले दिनको १० घण्टा मात्र विद्युत उपयोग गर्न पाउने छन् । त्यो पनि प्रयोग नहुने रातिको समय समेत जोडेर हो ।उता प्राधिकरणले भने सुख्खा याम लागिसकेको र जलासयहरुमा पानीको सतह घटेकाले लोडसेडिडको समयावधि बढाउनु परेको जनाएको छ । अब देखि हप्तमा ९८ घण्टा लोडसेडिड. हुने प्राधिकरणले जनाएको छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें