रविवार, 29 मई 2011

गणतंत्र दिबस २०६८

जेष्ठ १५ - मुलुकभर आज अर्थात जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ । आइतबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा दिवसको औपचारिक रुपमा विशेष कार्यक्रम गरिदैं छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानसेनापति, मन्त्री, सभासद, निजामति कर्मचारी, व्यवसायी, कलाकार ,सर्वसाधरण लगायतको बाक्लो उपस्थिति रहेको छ ।
दिवसमा उदघाटनमा उपस्थित अतिथिबाट शान्तिको प्रतिक सेतो परेवा उडाइएको थियो । सेनाको हेलिकप्टरबाट 'गणतन्त्र दिवस २०६८' को व्यानर लिएर परिक्रमा गर्दै पुष्प वृष्टि गरेको थियो । यसैगरी दिवसको समारोहमा वेलुन पनि उडाइएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीवल लगायतले मार्चपास, स्काउट र टुकडी बजाएर दिवसलाई थप आकर्षण बनाएको छ । दिवसमा विभिन्न जातजातिका मौलिक तथा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ ।

बुधवार, 18 मई 2011

सभामुखलाई व्राम्हण समाजको ज्ञापन पत्र

ब्राम्हण समाज नेपाल नवलपरासीले प्रसासन कार्यालय मार्फत सभामुख सुवास नेम्वाङलाई आज ज्ञापन पत्र बुझाएको छ । ब्राहृमण समाजका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी र इलाका प्रशासन कार्यालय कावासोतीमार्फत् सभामुख सुवास नेम्वाङलाई आज ज्ञापन पत्र बुझाएका हुन् । ब्राम्हण जातिलाई राज्यले विभिन्न आरक्षणको नाममा विभेदकारी व्यवहार गरेको भन्दै तत्काल ब्राम्हण जातिलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने लगायतको ४ बुदे माग गर्दै ब्राहृमण समाजले ज्ञापन पत्र बुझाएको हो । साथै ब्रामण समाज नवलपरासीले आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ । घोषित आन्दोलनको कार्यक्रम अन्तरगत भोलि साझ सदरमुकाम परासी लगायतको क्षेत्रमा मसाल जुलुस प्रर्दशन गन र पर्सी जेठ ६ गते पश्चिमाञ्चल बन्दको आवहान गरिएको ब्राहृमण समाज नवलपरासीको अध्यक्ष ज्ञानेश्वर ज्ञवालीले बताउनु भयो ।

आप्रेशन पूरा



अल्खोर कतार



चितवन जिल्ला मेघौली घर भई हाल टाईसर कंपनी मा कार्यरत धन प्रसाद पगेनी को दाहिने हत्केलामा सानो मासुको डल्लो पलायको थियो गत दशैमा घर गई सो सानो घाउको भरतपुर स्थित मौलाकालिका हास्पिटल मा आप्रेशन गारी कतार आएका थिए तर फेरी सो घाऊ बल्झिएर झन ठुलो भई दुखना पनि थालेकोले गत में १५ तारीख हमाद हास्पिटल अल्खोर मा सो घाउको सक्सेस आप्रेशन पूरा भएको छ .हाल उहा आफ्नै रुममा १५ दिन को बिदा लिएर बस्नु भएको छ । हामी टाई सर कम्पनिमा कार्यरत संपूर्ण स्टाफ उहाको शीघ्र स्यस्थ्य लाभको कमाना गर्दछौ.

स्वदेशी लगानीको सबै भन्दा ठूलो जलविद्युत आयोजनाको शिलन्यास

जेष्ठ ४ - दोलखाको लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री झलनाथ खनालले बुधबार शिलन्यास गरेका छन् । स्वदेशी लगानीमा बन्न लागेको यो मुलुककै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । दोलखा सदरमुकाम चरिकोटदेखि ५० किलोमिटर उत्तर तिब्बती सिमानामा रहेको ४ सय ५६ मेगावटको आयोजनाको शिलन्यास गर्दै प्रधानमन्त्री खनालले स्वदेशी लगानीको सबै भन्दा ठूलो लगानीमा बन्न लागेको उक्त आयोजना राष्ट्रिय प्रथमिकतामा रहेको बताए । उनले मुलुकमा यस्तो लगानीले सकरात्मक सन्देस जाने उल्लेख गरे । आयोजनामा सबै दलको सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री खनालले राष्ट्रिय रुपमा शान्ति र संविधानका लागि पनि सहमति जुट्ने अपेक्षा ब्यक्त गरे । उक्त आयोजनाका लागि स्वदेशी लगानीबाट ३५ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । खनालले यत्रो रकम स्वदेशमै संकलन हुनु अत्यन्तै राम्रो र खुसीको कुरा भएको व्यक्त गरे । उनले भावी दिनका लागि पनि राम्रो सुरुवातको संकेत हो भने । आयोजना सन् २०१५सम्ममा निर्माण सम्पन्न गर्ने योजना रहेका छ । दुईवटा एमआइ १७ हेलिकप्टरबाट १२ बजे प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णबहादुर महरा, सूचना तथा संचार मन्त्री अग्नी सापकोटा, रक्षामन्त्री विष्णु पौडेल, उर्जामन्त्री गोकर्ण विष्ट, भौतिक योजनामन्त्री देवी खडका, मन्त्री तथा सभासदहरु, कर्मचारी, लगानीकर्ता लगायत शिलन्यास स्थल पुगेका थिए । यो आयोजनामा दोलखालीबाट १०, नागरिक लगानी कोषबाट १५, विद्युत प्रधिकरणबो ४० प्रतिशत लगानी रहेको छ । यस्तै टेलिकम, राष्ट्रिय बिमा संस्थान, कर्मचारी लगायतले लगानी गरेको आयोजना छुट्टै माथिल्लो हाइड्रोपावर कम्पनीको रुपमा दर्ता भएको छ । यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त आयोजनाको शिलन्यास गर्न लागेका थिए । तर, माओवादीले कामचलाउ सरकारले शिलन्यास गर्न नदिने भन्दै चर्को विरोध गरेपछि शिलन्यास कार्यक्रम स्थगित भएको थियो ।