कामको सिलसिलामा विभिन्न देशमा छरिएर रहनु भएका सम्पूर्ण चिर-परिचित मित्रहरु नेपाल पर्यटन बर्ष २०११ लाई सफल पारौ,(कावासोतीनेपाल ) भीम रावल नवलपरासी तथा लम्जुंग हाल दोहा कतार बाट
बुधवार, 18 मई 2011
स्वदेशी लगानीको सबै भन्दा ठूलो जलविद्युत आयोजनाको शिलन्यास
जेष्ठ ४ - दोलखाको लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री झलनाथ खनालले बुधबार शिलन्यास गरेका छन् । स्वदेशी लगानीमा बन्न लागेको यो मुलुककै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । दोलखा सदरमुकाम चरिकोटदेखि ५० किलोमिटर उत्तर तिब्बती सिमानामा रहेको ४ सय ५६ मेगावटको आयोजनाको शिलन्यास गर्दै प्रधानमन्त्री खनालले स्वदेशी लगानीको सबै भन्दा ठूलो लगानीमा बन्न लागेको उक्त आयोजना राष्ट्रिय प्रथमिकतामा रहेको बताए । उनले मुलुकमा यस्तो लगानीले सकरात्मक सन्देस जाने उल्लेख गरे । आयोजनामा सबै दलको सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री खनालले राष्ट्रिय रुपमा शान्ति र संविधानका लागि पनि सहमति जुट्ने अपेक्षा ब्यक्त गरे । उक्त आयोजनाका लागि स्वदेशी लगानीबाट ३५ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । खनालले यत्रो रकम स्वदेशमै संकलन हुनु अत्यन्तै राम्रो र खुसीको कुरा भएको व्यक्त गरे । उनले भावी दिनका लागि पनि राम्रो सुरुवातको संकेत हो भने । आयोजना सन् २०१५सम्ममा निर्माण सम्पन्न गर्ने योजना रहेका छ । दुईवटा एमआइ १७ हेलिकप्टरबाट १२ बजे प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णबहादुर महरा, सूचना तथा संचार मन्त्री अग्नी सापकोटा, रक्षामन्त्री विष्णु पौडेल, उर्जामन्त्री गोकर्ण विष्ट, भौतिक योजनामन्त्री देवी खडका, मन्त्री तथा सभासदहरु, कर्मचारी, लगानीकर्ता लगायत शिलन्यास स्थल पुगेका थिए । यो आयोजनामा दोलखालीबाट १०, नागरिक लगानी कोषबाट १५, विद्युत प्रधिकरणबो ४० प्रतिशत लगानी रहेको छ । यस्तै टेलिकम, राष्ट्रिय बिमा संस्थान, कर्मचारी लगायतले लगानी गरेको आयोजना छुट्टै माथिल्लो हाइड्रोपावर कम्पनीको रुपमा दर्ता भएको छ । यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त आयोजनाको शिलन्यास गर्न लागेका थिए । तर, माओवादीले कामचलाउ सरकारले शिलन्यास गर्न नदिने भन्दै चर्को विरोध गरेपछि शिलन्यास कार्यक्रम स्थगित भएको थियो ।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें