कामको सिलसिलामा विभिन्न देशमा छरिएर रहनु भएका सम्पूर्ण चिर-परिचित मित्रहरु नेपाल पर्यटन बर्ष २०११ लाई सफल पारौ,(कावासोतीनेपाल ) भीम रावल नवलपरासी तथा लम्जुंग हाल दोहा कतार बाट
बुधवार, 18 मई 2011
सभामुखलाई व्राम्हण समाजको ज्ञापन पत्र
ब्राम्हण समाज नेपाल नवलपरासीले प्रसासन कार्यालय मार्फत सभामुख सुवास नेम्वाङलाई आज ज्ञापन पत्र बुझाएको छ । ब्राहृमण समाजका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी र इलाका प्रशासन कार्यालय कावासोतीमार्फत् सभामुख सुवास नेम्वाङलाई आज ज्ञापन पत्र बुझाएका हुन् । ब्राम्हण जातिलाई राज्यले विभिन्न आरक्षणको नाममा विभेदकारी व्यवहार गरेको भन्दै तत्काल ब्राम्हण जातिलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने लगायतको ४ बुदे माग गर्दै ब्राहृमण समाजले ज्ञापन पत्र बुझाएको हो । साथै ब्रामण समाज नवलपरासीले आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ । घोषित आन्दोलनको कार्यक्रम अन्तरगत भोलि साझ सदरमुकाम परासी लगायतको क्षेत्रमा मसाल जुलुस प्रर्दशन गन र पर्सी जेठ ६ गते पश्चिमाञ्चल बन्दको आवहान गरिएको ब्राहृमण समाज नवलपरासीको अध्यक्ष ज्ञानेश्वर ज्ञवालीले बताउनु भयो ।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें