रविवार, 29 मई 2011

गणतंत्र दिबस २०६८

जेष्ठ १५ - मुलुकभर आज अर्थात जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ । आइतबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा दिवसको औपचारिक रुपमा विशेष कार्यक्रम गरिदैं छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानसेनापति, मन्त्री, सभासद, निजामति कर्मचारी, व्यवसायी, कलाकार ,सर्वसाधरण लगायतको बाक्लो उपस्थिति रहेको छ ।
दिवसमा उदघाटनमा उपस्थित अतिथिबाट शान्तिको प्रतिक सेतो परेवा उडाइएको थियो । सेनाको हेलिकप्टरबाट 'गणतन्त्र दिवस २०६८' को व्यानर लिएर परिक्रमा गर्दै पुष्प वृष्टि गरेको थियो । यसैगरी दिवसको समारोहमा वेलुन पनि उडाइएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीवल लगायतले मार्चपास, स्काउट र टुकडी बजाएर दिवसलाई थप आकर्षण बनाएको छ । दिवसमा विभिन्न जातजातिका मौलिक तथा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें