रविवार, 28 मार्च 2010

प्रधान न्यायादिश मा राम प्रसाद श्रेष्ठ


आइतबार २५ चैत्र २०६६/२८ मार्च २०१०

राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश रामप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति गर्नुभएको छ ।उक्त कुरा राष्ट्रपतिको कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानन्यायाधिसको कार्यभार ग्रहण गर्दैै न्यायापालिकालाई स्वच्छ र स्वतन्त्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। न्यायापालिकालाई संसद अन्तर्गत राखेमा निरंकुश हावि हुने भएकाले स्वतन्त्र न्यायापालिकाको पक्षमा आफुले लडीरहने उहाँले बताउनुभयो।

शुक्रवार, 26 मार्च 2010

मनीषा कोइरालाको मनको कुरा


शुक्रबार १३ चैत्र २०६६ /२६ मार्च २०१०

बलिउडकी लोकप्रीय नायिका मनीषा कोइरालाले आफ्नो मनको कुरा खोलेकी छीन , उनले नेपाली केटासँगै विवाह गर्न चाहेको बताएकी छीन । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा कोइरालाले भनिन्, ‘म अब छिट्टै विवाह गर्छु र त्यो विवाह नेपालमै हुन्छ । किनभने म नेपाल छाड्न चाहन्न ।’मनीषाले आफू राम्रो स्क्रिप्ट आए नेपाली फिल्ममा निरंतर काम गर्न तत्पर भएको बताइन् । ‘म यहाँका निर्देशक, कलाकार, क्यामराम्यानको कामबाट प्रभावित छु । धर्माको टिमै राम्रो छ,’ अहिले दुर्गा पोखरेलको चलचित्र धर्मामा काम गरिरहेकी उनले भनिन्- म नेपालका सामाजिक, व्यावासायिक र कला जुनसुकै फिल्म खेल्न सक्छु । उनले मुम्बईको आफ्नो प्रोडक्सन हाउसले दुई वर्षदेखि काम नगरेको जानकारी दिइन् । उनले अहिले तीनवटा फिल्ममा काम गरिसकेकी छन् भने दुई फिल्ममा साइन गरिसकेकी छन् । त्यसै क्रममा उनले भनिन
सानो हजुरबुबा गिरिजाप्रसादले बिपीले देखाएको बाटो परिवर्तन गरेकामा आफ्नो चित्त नबुझेको बताउनु भएको छ । मनिषाले नेपाली राजनीतिका नायकको रुपमा अधिकांश साचार माध्यामले विशेषण झुण्डाइरहेको बेला स्व। गिरिजाप्रसाद कोइरालाले विपीको बाटो परिवर्तन गरेको भनाई सार्वजनिक गर्नु भएको हो । काठमाडौमा शुक्रवार आयोजित रिपोटस्र क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले जीपी कोइराला निडर र कर्मठ हुनाका साथै आफूले बोलेको कुरा पुर् याएर छोड्ने व्यक्ति भएको बताउनुभयो । अभिनेत्री कोइरालाले स्व कोइराला थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्नैपर्ने स्वभाव रहेको टिप्पणी गर्नुभयो । स्व कोइरालासँग आफ्नो दुई वर्षअघिमात्रै कुरा भएको बताउँदै अभिनेत्री मनिषाले स्वर्गीय कोइरालाले गर्न बाँकी रहेको शान्तिप्रकि्रया र संविधान निर्माणका काम सबै राजनीतिक दलले मिलेर पुरा गर्नुपर्ने सुझाव समेत दिनु भयो

बुधवार, 24 मार्च 2010

राष्ट्रप्रमुख हरु बाट जानकी दर्शन

बुधबार ११ गते चैत्र २०६६/२४ मार्च २०१०
सोमबार पुस्तैनी गाउं सपही आएका राष्ट्रपति डा. रामवरण यादव रामनवमीको अवसरमा आजै बिहान जानकी र राममन्दिरको दर्शन र पूजाअर्चना गरेका छन । राष्ट्रपती डा.यादव गाउंबाट जनकपुर हेलिकप्टरमा आवतजावत गरेका थिए । राष्ट्रपति डा.यादवको शुक्रवार राजधानी फर्किने कार्यक्रम रहेको छ ।त्यस्तै गरेर पूर्व राजा ज्ञानेन्द्र आज बिहान जनकपुरको जानकी मन्दिरको दर्शन र पूजाअर्चना गरेका छन् । बिहान १०:५० मा जनकपुर आएका पूर्व राजा ज्ञानेन्द्र विमानस्थलबाट सोझै शिवचोक स्थित होटेल मानकीमा केहीबेर विश्राम गरेर जानकी मन्दिर प्रस्थान गरेका थिए । उनी जानकी मन्दिरको दर्शन पूजा अर्चना गरेर रामजानकी विवाहमण्डपको दर्शन समेत गरेका छन । पूर्व राजा ज्ञानेन्द्रको सुरक्षामा डीएसपी रुप कुमार न्यौपानेको कमाण्डमा जनपथ प्रहरी परिचालन गरिएको थियो । शिवचोकदेखि जानकी मन्दिरसम्म सुरक्षा व्यवस्था कडा पारिएपनि पूर्व राजा ज्ञानेन्द्रको दर्शन र पूजाअर्चनाको बखत सर्वसाधारणलाइ रोकिएन् । पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले राजा ल्याउ देश बचाउ को नारा लगाउदै जानकी मन्दिर परिसरलाई गुजमान गरेका थिए । ज्ञानेन्द्रलाई राप्रपा नेपालका कार्यकर्ताहरुले पनि जनकपुरमा भव्य स्वागत गरेका थिए।

मंगलवार, 23 मार्च 2010

चैते दशे

मंगलबार १० गते चैत्र २०६६/२३ मार्च २०१०
आज चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदसैँ दुर्गा भवानीको पूजाआराधना गरेर मनाइँदैछ । दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा शक्तिरूपा दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ।आज बिहानदेखि देशको बिभिन्न ठाऊ लगाएत उपत्यकाका शक्तिपीठ गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा देवीभागवत, कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ ।चैतेदसैँलाई महत्व दिने व्यक्तिले आज भगवतीका मन्दिरमा पूजापाठका साथै पशुबलि पनि चढाउँछन् ।वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ । शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ ।आजको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने पनि विभिन्न शास्त्रमा उल्लेख छ ।

सोमवार, 22 मार्च 2010

बर्डफ्लू नवलपरासी मा

सोमबार चैत्र ९ गते २०६६/२२ मार्च २०१०
नवलपरासीको देउरालीमा फैलिएको बर्डफ्लु नियन्त्रणमा नआउँदै नवलापरासीमै सबभन्दा बढ़ी मासु बिक्री हुने शिवमन्दिर गाविसमा पनि बर्डफ्लु भेटिएको छ । पाँच दिन अघि देउराली गाविसमा बर्डफ्लु भेटिएको पुष्टि भएपछि बर्डफ्लु नियन्त्रण गर्न परिचालित टोलीले शिवमन्दिर गाविस- ७ विष्णुनगरमा पनि बर्डफ्लुको पुष्टि भएको टोलीका सूचना अधिकृत शिवनाथ महतोले बताउनुभयो ।बर्डफ्लु नियन्त्रणको क्रममा देउराली गाविसका ४, ६, ७ र ८ नम्बर वडामा हालसम्म एक हजार २ सय ३० कुखुरा, ६४ हाँस, ७१ परेवा, ६ सय ५२ अण्डा र दाना पनि नष्ट गरिएको छ ।नवलपरासीमा बर्डफ्लुको जिवाणु फेला परेपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताउनु भयो । भारतसँग सीमा जोडिएका नाकामा कडाइ गरिएको छ भने कुखुरा पालक कृषकको घरमा औषधि छर्कने र पंछी र पंछीजन्य बस्तु नष्ट गर्ने कामलाई निरन्तरता दिइएको छ ।

शनिवार, 20 मार्च 2010

अब गिरिजा प्रसाद कोइराला हामी बिच रहेनन


शनिबार चैत्र ७ गते २०६६/२० मार्च २०१०

जन्मे पछि एक पटक मर्ने पर्छ , अत्यन्तै दुखका साथ लेख्नु पर्दा पुर्व प्रधानमन्त्रि एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको मण्डिखटारस्थीत सुजाता निवासमा उपचारका क्रममा म्रित्यु भएको छ । दिउसो १२ बजेर ११ मिनेट जादा उहाँको उपचारमा संलग्न चिकित्सकहरुले म्रित घोषणा गरेका थिए । राणा प्रधानमन्त्री चन्द्र शम्सेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित देश निकाला गरेपछि ४५ जनाको परिवारसहित भारतको बनारस निर्वासनमा पुगेको कोइराला परिवार वि.सं. १९७५ मा भारतीय विहार राज्यको सहर्स जिल्लाको टेडीमा पुगेको थियो । निर्वासन अवस्थामा रहेको बेला जन्मनु भएको थियो सभापति कोइराला । गिरिजाप्रसाद कोइराला गर्भमा रहेका बेला मातापिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो र उहाँहरुको सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद या गिरिजादेवी राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो । कोइराला परिवारको आयस्रोत खेतीपाती थियो । चन्दशम्सेरको मृत्युपछि पिता कृष्णप्रसाद कोइराला वि।सं. १९८६ मा विराटनगर फर्कनु भयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो। पछि वि.सं. १९०३ साल असोज २ पिता कृष्णप्रसाद कोइरालाले राणा शासन विरुद्ध विराटनगरबाट जनताका थोत्रा कपडा हुलाकमार्फत पठाएपछि राजविद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित पूर्ण देश निकाला गरेको थियो । पिता कै प्रेरणाबाट राणा शासन विरोधी भावना जन्मिएको थियो सभापति गिरिजाप्रसाद कोईरालामा । त्यसैले उहाँ २३ वर्षको उमेरदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । २३ वर्षको उमेरमा नै विराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९४८ मा त उहाँ नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्न भयो। सन् १९५२ देखि १९६० सम्म नेपाली कांग्रेसको मोरङ जिल्ला सभापति बन्नु भएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी ७ वर्ष सम्म जेल हालियो। उहाँले त्यतिबेला जेलमा नै २१ दिने भोकहड्तालसमेत गर्नुभयो ।
जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि विपीसँगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५ देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते विपी कोइरालाको निधनपछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो । २०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैषाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको ९ औं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो। सो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुनः पार्टी सभापतिमा निर्वाचित हुनभयो । २०६२ साल भदौ १४ गतेदेखि १७ सम्म ललितपुरमा भएको ११ औं महाधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुनः निर्वाचित हुनुभयो ।
जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहाँ १३ वर्षदेखि नै नेपाली कांग्रेसको सभापति हुनुहुन्थ्यो । दिल्लीमा भएको बाह्र बुँदे समझदारीदेखि शान्ति सम्झौता हुँदै नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको थियो ,८६ वर्षीय कोइरालाको। नेपाली प्रजातान्त्रिक आन्दोलनमा अग्रज तथा पहिलो विराटनगर मजदुर आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालाले निरंकुश राणा शासन विरुद्ध पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभयो कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० वर्ष लामो युद्ध गरेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो। संसारमै शाम्यवादी आन्दोलन शंकटमा रहेको चर्चाकाबीच पनि कोइरालाले शसस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ। २०४६ को जनआन्दोलपछि नेपालमा कम्युनिष्टप्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिष्ट विरोधीको रुपमासमेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछि दशकमा उहाँको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो ।माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चिनुनुभयो। तर २०६२ सालमा भने उहाँ युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसँग समेत हातेमालो गर्न पुग्नुभयो। युद्धकालमै माओवादीसँग राजतन्त्र विरुद्ध सहमति गरेपछि नेपाली कांग्रेसभित्रैसमेत कोइरालाको कडा आलोचना भयो। तर कोइरालाको व्यक्तित्व अगाडी त्यो विरोध गलत बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाई गर्नुभएको थियो ।

शुक्रवार, 19 मार्च 2010

नेपाली कामदार हरुको एक-अर्को सफलता

शुक्रबार ६ गते चैत्र २०६६/१९-मार्च-२०१०
कामदार रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत गएका नेपाली कामदारले उत्कृष्ट काम देखाएका कारण आगामी बर्ष थप ४ हजार कामदार लिने घोषणा गरेको छ । यो वर्ष इपिएस अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने १५ मुलुकमध्ये नेपाल उत्कृष्ट भएको थियो। इपीएस अन्तर्गतको मानव संशाधन विभागका अधिकारीले सो जानकारी दिएका हुन्। गत वर्ष १३ औं स्थानमा परेको नेपालले एकैचोटि यो फड्को मारेको थियो।कामदारको कार्यसम्पादानको आधारमा कोरियाले थप कामदार लिने घोषणा गरेको हो,' राम्रो कार्यसम्पादनलाई कोरियाले सकारात्मक रुपमा लिएर कामदार बढी लिने घोषणा गरेको मन्त्रालय स्रोतले बतायो। इपिएस कोरिया, नेपाल मानव संशाधन कार्यालयका महानिर्देशक जेन्गोहोले उत्कृष्टताको पुरस्कार बितरण कार्यक्रममा इपिएसअन्तर्गत नेपालले पाएको यो सफलताका कारण थप रोजगारको अवसर आउनसक्ने बताएका छन . कोरियाले १५ मुलुकबाट इपीएस अन्तर्गत रहेर कामदार लिदै आएको छ। आगामी बर्ष यी मुलुकबाट २० हजार कामदार इपीएस अन्तर्गत लिने कोरियाले घोषणा गरेको छ। यसमा सबैभन्दा बढी नेपालबाट कामदार लिन लागेको छ । उनका अनुसार अहिले भाषा परीक्षा दिएर रोस्टरमा रहेकाहरु नियमित रुपमा जान पाउनेछन्।सबै प्रक्रिया पूरा गरेर सबभन्दा छिटो कामदार पठाउन सकेकाले नेपाल उत्कृष्ट बनेको हो। उनका अनुसार अहिले भाषा परीक्षा दिएर रोस्टरमा रहेकाहरु नियमित रुपमा जान पाउनेछन्। तोकिएको समयभित्र कामदार नआइपुग्दा धेरै उद्योग बन्द भएको उदाहरण कोरियामा छ। त्यही भएर कोरियाले इपिएसअन्तर्गत कुन देशले सम्झौता भएको कति सयमभित्र कामदार पठायो भन्ने विषयलाई मुख्य प्राथमिकता दिने गरेको छ। कामदारले आफ्नो कार्यक्षेत्र भित्र र बाहिर देखाउने अनुशासनलाई पनि मापदण्डका रूपमा लिइन्छ। ‘रोजगारदाताको विश्वास जितेर थप अवसर आउनु स्वागतयोग्य हो,' आचार्यले भने, ‘यसलाई जोगाएर अझ बढी अवसरको खोजी गर्नुपर्छ।'कामको जिम्मेवारी राम्ररी वहन गर्ने र पूर्ण जवाफदेहिता लिने कसीमा पनि नेपालीहरू खरो उत्रेका छन्। इपिएसअन्तर्गत कुनै पनि देशको कार्य-सम्पादन मापन गर्ने यस्ता मापदण्डमा नेपालीले आफूलाई अग्रस्थानमा उभ्याएर कोरियाली रोजगारदाताको विश्वास जितेका थिए। इपिएसअन्तर्गत करिब ३ हजार ७ सय नेपाली कामदार कोरिया गइसकेका छन्। नेपालले करिब ३ वर्षपछि २००७ जुलाइ २३ मा यो सुविधा पाएको थियो । इपीएस अन्तर्गत ६ हजार ५ सय ८६ जना छनौंट भएका थिए। मन्त्रालयका अनुसार नयाँ कामदारको छनौट भने साउनबाट हुनेछ। साउनमा कोरियाली भाषा परीक्षा हुने र परीक्षाको परिणाम भदौमा निकालिने मन्त्रालयले जनाएको छ। सचिव आचार्यले परीक्षामा उर्तिण भएका सबै प्रक्रिया सकेर सूची तयार पारेर रोस्टर निकाल्ने जानकारी दिए। नेपाली कामदार कृषि, माछापालन, सेवा, उत्पादनमूलक र निर्माण क्षेत्रमा काम गर्न त्यहाँ गइरहेका छन्। कोरिया गएका कामदारले मासिक ७० हजार रुपैयाँभन्दा बढी कमाउँछन्। सन् २००४ मा सुरु भएको इपिएसअन्तर्गत १५ वटा देशले दक्षिण कोरियामा कामदार पठाउँदै आएका छन्।

एसएलसी २०६६

शुक्रबार चैत्र ६ गते २०६६/१९ मार्च २०१०
यस बर्षको एसएलसी परीक्षा नजिकीदै छ , चैत १२ गतेदेखि सुरु हुने एसएलसीको तयारीसम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यसपटकको एसएलसी परीक्षामा चार लाख छैसट्ठी हजार तीन सय परीक्षार्थीहरु सहभागी हुँदैछन्। यसवर्षको एसएलसी परीक्षामा एक हजार तीन सय माओवादी जनसेना सहभागी हुने भएका छन्। चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनबाट ६ सय, रोल्पाको पाँचौ डिभिजनबाट तीन सय र अन्य शिविरहरुबाट चार सय जनसेना यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने भएका हुन्। शैक्षिक जनशक्ति विकास केन्द्रले सञ्चालन गरेको खुला विद्यालयबाट उनीहरुले परीक्षा दिन लागेका बताइएको छ।

गुरुवार, 18 मार्च 2010

कठई बिचारा कर्णाली राजमार्ग मा बस दुर्घटना हुदा ३१ जनाको मृत्यु


बिहीबार चैत्र ५ गते २०६६/१८ मार्च २०१०

कालिकोटदेखि सुर्खेततिर जादै गरेको काँक्रेबिहार यातायात व्यवसायी समितिको यात्रुवाहक बस आज बिहान कर्णाली राजमार्गको दैलेख स्थित किट्टुनजिक दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा पाँच महिने र २ वर्षे वालकहरुसमेत छन्। दुर्घटनामा मारिएका ३१ मध्य १७ जनाको नाम सार्वजनिक भएको छ भने १० भन्दा बढी यात्रु गंभीर घाईते रहेकाले यो संख्या अझ बढ्न सक्ने बताइएको छ। हालसम्म सनाखत भएकामा कालिकोट फुकोटका पूर्ण सुनार, उनकी श्रीमति गोमा सुनार, रुद्र न्यौपाने, जयरुद्र न्यौपाने, दैलेख पीपलबोटका प्रवल बस्नेत, उनकी छोरी दीपा बस्नेत र सोही ठाउँका विष्णु रावत, कालिकोट सिपखानाका गजेन्द्रनाथ योगी रहेको स्थानीय चतुर्भुज न्यौपानेले जानकारी दिएका छन्। अरु मृतक र घाइतेहरुको नाम खुल्न सकेको छैन।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार ना३ख ५८६८ नम्बरको बस बिहान करिब ७ बजे दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो। बसले कालिकोटबाट ३३ जना यात्रुको चलानी बुझेर ल्याए पनि बसमा करिब ६० जना सवार रहेको स्थानीयबासीको भनाइ छ।क्षेत्रीय प्रहरी कार्यालय प्रहरी निरीक्षक सुरेश मल्लका अनुसार बसधनी कृष्णबहादुर बुढाले दुर्घटनाबारे दैलेखको राकमस्थित प्रहरीचौकीमा खबर गरेका थिए। बसको आधा भाग पानीमा खसेको छ। उद्धारको लागि दैलेख, अछाम र कालिकोटबाट सुरक्षाकर्मीहरु दुर्घटनास्थल पुगेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। घाइतेको उद्धारको लागि सुर्खेतबाट हेलिकोप्टर पठाइएको छ।

नवलपरासी मा बर्ड फ्लू

बिहीबार ५गते चैत्र २०६६ /१८ मार्च २०१०
मन्त्रिपरिषदको बैठकले भारत संग सिमाना जोडिएको जिल्ला नवलपरासीको देउराली गाविस-६ झ्यालबासका कृषक बलबहादुर बागबलको घरलाई केन्द्रविन्दू मानेर सरकाले चारैतिर पाँचसय मिटरको क्षेत्रलाई बर्डफ्लु संक्रमित क्षेत्र घोषणा गरेको छ । सो स्थानमा पशु चिकित्सको नेतृत्वका बर्डफ्लु रोग नियन्त्रण टोली परिचालन गरिएको कृषि तथा सहकारी मन्त्रालयले जनाएको । भारतसँग सिमाना जोडिएको हुँदा त्यतैबाट आएको अनुमान मन्त्रालयको छ। संक्रमित क्षेत्रमा सम्पुर्ण पन्छीहरु नष्ट गर्नुका साथै लसपस भएका औजार र दाना समेत नष्ट गर्न सुरु गरिएको छ।मंत्रालय ले क्षेतिपूर्ति समेत दिने जनाएको छ । केन्द्रीय पशुस्वास्थ प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परिक्षणपछि ती स्थानमा बर्डफ्लु लागेको पुष्टि भएको हो।

चितवनमा दोस्रो क्यान इन्फोटेक मेला


नारायणगढ़ ,बिहीबार चैत्र ५ गते २०६६/१८ मार्च २०१०
चितवनको नारायणगढमा बिहीबारबाट सूचना प्रविधिसम्बन्धी दोस्रो क्यान इन्फोटेक मेला सुरु भएको छ । नारायणगढस्थित क्याम्पाचौरमा सुरु भएको मेलामा सूचना प्रविधि प्रदर्शनीसँगै आइसिटी सेमिनार पनि आयोजना भईरहेको छ । आगामी चैत्र १० गतेसम्म सञ्चालन गरिने मेला चितवनमा दोस्रो हो।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) नारायणीको आयोजनामा सूचना प्रविधिसम्बन्धी मेला हुन लागेको हो। मेलामा १ सय २५ वटा स्टल राखिएको छ। मेलामा सूचना र प्रविधिसम्बन्धी विभिन्न जानकारीमुलक प्रस्तुतिसँगै सूचना प्रविधिसम्बन्धी सबै प्रकारका प्रविधि सहुलियतरुपमा खरिद बिक्री गर्न सकिने
आयोजक समितिका संयोजक कमल बास्तोलाले जानकारी दिए।
मेलामा विभिन्न ब्रान्डका कम्प्युटर, ल्यापटप, सोलार, जेनेरेटर, इबुकलगायत इलेक्ट्रोनिक्स सामान प्रदर्शनीका लागि राखिएका छन्। करिव २ लाख दर्शकले अवलोकन गर्ने विश्वास गरिएको मेलामा ५ करोडभन्दा बढीको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ। मेला अवलोकनका लागि नयाँ पुस्ताका रुपमा रहेका जिल्लाका विद्यालयहरुका विद्यार्थीहरुलाई विशेष प्राथमिकताका साथ अवलोकन गराइने आयोजकले व्यवस्था गरेको छ। जसबाट नयाँ पुस्ताले सूचना प्रविधिको युगमा समावेश भएर अगाडि बढ्न सक्ने विश्वास आयोजकले लिएका छन्।

दुई शब्द सहित स्वागतम तपाईहरुलाई

आज मिति २०६६ साल चैत्र ५ गते बिहीबार तथा १८ मार्च २०१० ।
सर्बप्रथम त यहाँ हरु सबैलाई मेरो वेब साईट- ब्लगर मा स्वागत छ । तपाई हरुको वरीपरी,तथा मनमा केही कुरा छ र त्यसलाई छ्पाउन चाहानु हुन्छ भने प्लीज़ यस ठेगानामा पठाउनु होला ( kawasotinepal@gmail.com )कावासोतीनेपाल @गमेल डट कम

हाम्रो देश को स्थिति हामी सबैलाई अबगत भएकै कुरा हो। कामको सिलसिलामा विभिन्न देशमा छरिएर रहनु भएका सम्पूर्ण चिर-परिचित मित्रहरुलाई म भीम रावल नवलपरासी तथा लम्जुंग हाल दोहा कतार बाट दुई हात,दशऔला जोडी नमस्कार गर्दछु ।तपाई संसारको जुनसुकै कुनामा जहाँ जस्तो अबस्थामा हुनहुन्छ नेपाली हुनुमा गर्व गर्नुहोस ,सधै हसिखुसी रहनु होस् । एक अर्काको दुख-सुखमा स्वच्छ मनले साथ दिनुहोस ।नेपाल र नेपालीको विकास गर्नलाई मित्री आत्मादेखिनै सक्दो सहयोग गरौ ,केहि गर्नु पर्दैन मात्र मनमा सकारात्मक कुरा राखी सबै संग मिठो बोलिदिउ।अनि मात्र हामीले खोजेको नया नेपालको नया रेखा कोरिनेछ ।हवस्त हजुर आजलाई यतिनै बाकी आउने दिनहरुमा कोर्दै गरौला।
तपाईहरुको उही मित्र
भीम रावल