गुरुवार, 18 मार्च 2010

कठई बिचारा कर्णाली राजमार्ग मा बस दुर्घटना हुदा ३१ जनाको मृत्यु


बिहीबार चैत्र ५ गते २०६६/१८ मार्च २०१०

कालिकोटदेखि सुर्खेततिर जादै गरेको काँक्रेबिहार यातायात व्यवसायी समितिको यात्रुवाहक बस आज बिहान कर्णाली राजमार्गको दैलेख स्थित किट्टुनजिक दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा पाँच महिने र २ वर्षे वालकहरुसमेत छन्। दुर्घटनामा मारिएका ३१ मध्य १७ जनाको नाम सार्वजनिक भएको छ भने १० भन्दा बढी यात्रु गंभीर घाईते रहेकाले यो संख्या अझ बढ्न सक्ने बताइएको छ। हालसम्म सनाखत भएकामा कालिकोट फुकोटका पूर्ण सुनार, उनकी श्रीमति गोमा सुनार, रुद्र न्यौपाने, जयरुद्र न्यौपाने, दैलेख पीपलबोटका प्रवल बस्नेत, उनकी छोरी दीपा बस्नेत र सोही ठाउँका विष्णु रावत, कालिकोट सिपखानाका गजेन्द्रनाथ योगी रहेको स्थानीय चतुर्भुज न्यौपानेले जानकारी दिएका छन्। अरु मृतक र घाइतेहरुको नाम खुल्न सकेको छैन।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार ना३ख ५८६८ नम्बरको बस बिहान करिब ७ बजे दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो। बसले कालिकोटबाट ३३ जना यात्रुको चलानी बुझेर ल्याए पनि बसमा करिब ६० जना सवार रहेको स्थानीयबासीको भनाइ छ।क्षेत्रीय प्रहरी कार्यालय प्रहरी निरीक्षक सुरेश मल्लका अनुसार बसधनी कृष्णबहादुर बुढाले दुर्घटनाबारे दैलेखको राकमस्थित प्रहरीचौकीमा खबर गरेका थिए। बसको आधा भाग पानीमा खसेको छ। उद्धारको लागि दैलेख, अछाम र कालिकोटबाट सुरक्षाकर्मीहरु दुर्घटनास्थल पुगेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। घाइतेको उद्धारको लागि सुर्खेतबाट हेलिकोप्टर पठाइएको छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें