शुक्रबार १३ चैत्र २०६६ /२६ मार्च २०१०
बलिउडकी लोकप्रीय नायिका मनीषा कोइरालाले आफ्नो मनको कुरा खोलेकी छीन , उनले नेपाली केटासँगै विवाह गर्न चाहेको बताएकी छीन । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा कोइरालाले भनिन्, ‘म अब छिट्टै विवाह गर्छु र त्यो विवाह नेपालमै हुन्छ । किनभने म नेपाल छाड्न चाहन्न ।’मनीषाले आफू राम्रो स्क्रिप्ट आए नेपाली फिल्ममा निरंतर काम गर्न तत्पर भएको बताइन् । ‘म यहाँका निर्देशक, कलाकार, क्यामराम्यानको कामबाट प्रभावित छु । धर्माको टिमै राम्रो छ,’ अहिले दुर्गा पोखरेलको चलचित्र धर्मामा काम गरिरहेकी उनले भनिन्- म नेपालका सामाजिक, व्यावासायिक र कला जुनसुकै फिल्म खेल्न सक्छु । उनले मुम्बईको आफ्नो प्रोडक्सन हाउसले दुई वर्षदेखि काम नगरेको जानकारी दिइन् । उनले अहिले तीनवटा फिल्ममा काम गरिसकेकी छन् भने दुई फिल्ममा साइन गरिसकेकी छन् । त्यसै क्रममा उनले भनिन
सानो हजुरबुबा गिरिजाप्रसादले बिपीले देखाएको बाटो परिवर्तन गरेकामा आफ्नो चित्त नबुझेको बताउनु भएको छ । मनिषाले नेपाली राजनीतिका नायकको रुपमा अधिकांश साचार माध्यामले विशेषण झुण्डाइरहेको बेला स्व। गिरिजाप्रसाद कोइरालाले विपीको बाटो परिवर्तन गरेको भनाई सार्वजनिक गर्नु भएको हो । काठमाडौमा शुक्रवार आयोजित रिपोटस्र क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले जीपी कोइराला निडर र कर्मठ हुनाका साथै आफूले बोलेको कुरा पुर् याएर छोड्ने व्यक्ति भएको बताउनुभयो । अभिनेत्री कोइरालाले स्व कोइराला थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्नैपर्ने स्वभाव रहेको टिप्पणी गर्नुभयो । स्व कोइरालासँग आफ्नो दुई वर्षअघिमात्रै कुरा भएको बताउँदै अभिनेत्री मनिषाले स्वर्गीय कोइरालाले गर्न बाँकी रहेको शान्तिप्रकि्रया र संविधान निर्माणका काम सबै राजनीतिक दलले मिलेर पुरा गर्नुपर्ने सुझाव समेत दिनु भयो

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें