बुधवार, 24 मार्च 2010

राष्ट्रप्रमुख हरु बाट जानकी दर्शन

बुधबार ११ गते चैत्र २०६६/२४ मार्च २०१०
सोमबार पुस्तैनी गाउं सपही आएका राष्ट्रपति डा. रामवरण यादव रामनवमीको अवसरमा आजै बिहान जानकी र राममन्दिरको दर्शन र पूजाअर्चना गरेका छन । राष्ट्रपती डा.यादव गाउंबाट जनकपुर हेलिकप्टरमा आवतजावत गरेका थिए । राष्ट्रपति डा.यादवको शुक्रवार राजधानी फर्किने कार्यक्रम रहेको छ ।त्यस्तै गरेर पूर्व राजा ज्ञानेन्द्र आज बिहान जनकपुरको जानकी मन्दिरको दर्शन र पूजाअर्चना गरेका छन् । बिहान १०:५० मा जनकपुर आएका पूर्व राजा ज्ञानेन्द्र विमानस्थलबाट सोझै शिवचोक स्थित होटेल मानकीमा केहीबेर विश्राम गरेर जानकी मन्दिर प्रस्थान गरेका थिए । उनी जानकी मन्दिरको दर्शन पूजा अर्चना गरेर रामजानकी विवाहमण्डपको दर्शन समेत गरेका छन । पूर्व राजा ज्ञानेन्द्रको सुरक्षामा डीएसपी रुप कुमार न्यौपानेको कमाण्डमा जनपथ प्रहरी परिचालन गरिएको थियो । शिवचोकदेखि जानकी मन्दिरसम्म सुरक्षा व्यवस्था कडा पारिएपनि पूर्व राजा ज्ञानेन्द्रको दर्शन र पूजाअर्चनाको बखत सर्वसाधारणलाइ रोकिएन् । पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले राजा ल्याउ देश बचाउ को नारा लगाउदै जानकी मन्दिर परिसरलाई गुजमान गरेका थिए । ज्ञानेन्द्रलाई राप्रपा नेपालका कार्यकर्ताहरुले पनि जनकपुरमा भव्य स्वागत गरेका थिए।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें