मंगलवार, 23 मार्च 2010

चैते दशे

मंगलबार १० गते चैत्र २०६६/२३ मार्च २०१०
आज चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदसैँ दुर्गा भवानीको पूजाआराधना गरेर मनाइँदैछ । दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा शक्तिरूपा दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ।आज बिहानदेखि देशको बिभिन्न ठाऊ लगाएत उपत्यकाका शक्तिपीठ गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा देवीभागवत, कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ ।चैतेदसैँलाई महत्व दिने व्यक्तिले आज भगवतीका मन्दिरमा पूजापाठका साथै पशुबलि पनि चढाउँछन् ।वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ । शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ ।आजको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने पनि विभिन्न शास्त्रमा उल्लेख छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें