सोमबार चैत्र ९ गते २०६६/२२ मार्च २०१०
नवलपरासीको देउरालीमा फैलिएको बर्डफ्लु नियन्त्रणमा नआउँदै नवलापरासीमै सबभन्दा बढ़ी मासु बिक्री हुने शिवमन्दिर गाविसमा पनि बर्डफ्लु भेटिएको छ । पाँच दिन अघि देउराली गाविसमा बर्डफ्लु भेटिएको पुष्टि भएपछि बर्डफ्लु नियन्त्रण गर्न परिचालित टोलीले शिवमन्दिर गाविस- ७ विष्णुनगरमा पनि बर्डफ्लुको पुष्टि भएको टोलीका सूचना अधिकृत शिवनाथ महतोले बताउनुभयो ।बर्डफ्लु नियन्त्रणको क्रममा देउराली गाविसका ४, ६, ७ र ८ नम्बर वडामा हालसम्म एक हजार २ सय ३० कुखुरा, ६४ हाँस, ७१ परेवा, ६ सय ५२ अण्डा र दाना पनि नष्ट गरिएको छ ।नवलपरासीमा बर्डफ्लुको जिवाणु फेला परेपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताउनु भयो । भारतसँग सीमा जोडिएका नाकामा कडाइ गरिएको छ भने कुखुरा पालक कृषकको घरमा औषधि छर्कने र पंछी र पंछीजन्य बस्तु नष्ट गर्ने कामलाई निरन्तरता दिइएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें