गुरुवार, 16 दिसंबर 2010

तारा एयर दुर्घटना ग्रस्त

खोटाङ्को लामीडाँडा विमानस्थलबाट काठमाडौंका लागि हिँजो उडेको तारा एयरको ९ एफएक्स नम्वरको ट्वीनटर विमान दुर्घटनाग्रस्त अवस्थामा बिहीबार बिहान फेला परेपछी उद्धारका लागि प्रहरी र नेपाली सेना घट्नास्थलमा पुगिसकेको छ ।
उद्वरका लागी घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी रामकृपाल यादवको नेतृत्वमा प्रहरी टोली उद्धारका लागि पुगेका छन् । घटनास्थलमा विमान टुक्रा टुक्रा भेटिएको र शबहरु पनि क्षतविक्षत रहेको प्रहरीले जनाएको छ । विमानको कुनै पनि भाग सग्लो अवस्थामा नरहेको यादवले जानकारी दिए । ओखलढुंगा जिल्लाको सिरिचौर गाविस ९ स्थित तीनतले जंगलको मानेडाँडामा प्रहरीले क्षतविक्षत अवस्थामा १६ जनाको शव फेला पारेको छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें