बुधवार, 15 दिसंबर 2010

सीमा अतिक्रमित बिरुद्ध जागरण अभियान

बुधबार २९ गते मंसिर २०६७
भारतद्वारा अतिक्रमित धेरै जिल्ला हरु मध्य नवलपरासी जिल्लाअन्तर्गत पर्ने सुस्ताको जागरण अभियान सुरु भएको छ । पुस ३ गते सुस्ता जाऔँ सीमा जागरण अभियानमा ऐक्याबद्धता जाहेर गरौँ भन्नेमूल नाराका साथ समाजको अगुवाइमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति सीमाविद् साचारकर्मीप्राध्यापक भूगोल एवम् इतिहासविद्सहितको ६० जनाको टोलीले सो ठाउँमा पुगी भारतबाट अतिक्रमणभएको सुस्ताको अवलोकन गर्नेछ ।टोलीले त्यहाँका बासिन्दा सरकारी संयन्त्र तथा सीमाविद्हरुसँग साक्षात्कार गरी सुस्ताकोवास्तविकताका वृत्तचित्र बनाई राष्ट्रिय अन्तर्राष्ट्रिय साचार माध्यमबाट देशका राजनीतिकदलहरुलाई नैतिक दबाब दिनेछ ।संयुक्त राष्ट्र सङ्घ युरोपियन युनियन तथा विभिन्न दूतावास तथा भारतीय राजनीतिक दलहरुलाईवृत्तचित्र पठाई उनीहरुमार्पुत् भारत सरकारलाई कूटनीतिक दबाब सिर्जना गर्ने सम्पूर्णनेपालीलाई सुस्ताको पीडाको वास्तविकता उजागर गरी जागृत गर्ने र अतिक्रमणको विरोधमासम्पूर्ण नेपालीको ऐक्यबद्धता जागृत गर्ने उद्देश्यले समाजले उक्त अभियान सुरु गर्नेभएको हो ।क्षेत्री समाज नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्रा डादिलबहादुर क्षेत्रीले नेपाल र भारत सीमा जोडिएका २१ जिल्लाका ५३ ठाउँमा भारतले नेपालकोसीमा अतिक्रमण गरेको बताउनुभयो ।नेपाल एक स्वतन्त्र राष्ट्रको हैसियतले छिमेकी मुलुकको एक इन्च जमिन पनि आफनो साँध-सीमाभित्रनपरोस् र आफ्नो पनि एक इन्च जमिन कतै नजाओस् अध्यक्ष क्षेत्रीले बताउनुभयो । कार्यक्रममासमाजका महासचिव कुमार खड्का नेपाल पत्रकार महासङ्घका अध्यक्ष नारायण कार्की र पत्रकारकृष्ण थापाले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें