गुरुवार, 30 दिसंबर 2010

सुस्तामा घंकियो संगीत

बिहीबार पुसे १५ २०६७ /३० दिसम्बर २०१०
पटकपटक छिमेकी देश भारत पक्षबाट सीमा मिचिएको विषयले चर्चा र विवादमा आउने नवलपरासीको सुस्ता पछिल्लोपटक फरक विषयले चर्चामा आएको छ । भारतीय पक्षबाट सीमा मिचिएको विरोधमा दुई दर्जनभन्दा बढी कलाकारले देशभक्तिले ओतप्रोत गीत गाएर सुस्तालाई चर्चामा ल्याएका हुन् । दौरा, सुरवाल, इस्टकोट, ढाकाको टोपी, कम्मरमा खुकुरी, गुन्यु, चोली र पछ्यौरीजस्ता राष्ट्रिय पोसाकमा सजिएका पुरुष तथा महिला कलाकारहरू आइतबार भारतसँग सीमा जोडिएको विवादित सुस्तामा पुगेर गीत तथा नृत्यमार्फत आफ्नो देशको सीमा रक्षा गर्न र राष्ट्रियताको पक्षमा सजग रहन सरकारलाई अनुरोध गरे । पहिलोपटक यति धेरै कलाकार सुस्ता पुगेर गीत र नृत्य प्रस्तुत गर्दा सुस्तावासीहरू दंग परेका थिए । पुराना लोकगायक बमबहादुर कार्कीको देशभक्तिपूर्ण गीतले सहभागी सबैलाई भावुक बनायो भने सरकारप्रति आक्रोश उब्जायो । कार्यक्रममा गायक इन्द्र जीसी, शकुन्तला थापा, तेजबहादुर केसी, दीपक खड्का आदि कलाकारले राष्ट्रियता झल्कने गीत प्रस्तुत गरेका थिए । 'राष्ट्रियताको पक्षमा जागरण आओस् भनेर पहिलोपटक सुस्त आएको हुँ'-गायक बमबहादुर कार्कीले साप्ताहिकसँग भने कलाकारसँगै क्षेत्री समाजका एक हजार बढी सदस्य राष्ट्रिय पोसाकसहित सुस्ता पुगेका थिए ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें