गुरुवार, 9 दिसंबर 2010

उखुको मूल्य निर्धारण

नवलपरासी बिहीबार २३ मंसिर २०६७
नवलपरासीमा उखुको मूल्य हालका लागि प्रति क्वीन्टल तीन सय ४८ रुपैयाँ निर्धारण गरिएको छ ।प्रमुख जिल्ला अधिकार हरिराज पन्तको उपस्थितिमा उखु कृषक समिति उखु किसान प्रतिनिधि र उद्योग संचालन प्रतिनिधि बीच भएको वार्तापछि उखुको मूल्य निर्धारण गरिएको हो । जिल्ला प्रशासन कार्यलयमा भएको वार्तामा केन्द्र स्तरबाट उखुको नयां मूल्य कामय नभएसम्म यो मूल्य कायम रहने गरी सहमति भएको उखु कृषक प्रतिनिधि प्रेमचन्द्र गुप्ताले बताउनुभयो ।जिल्लामा उखुको मुल्य निर्धारण नभएको भन्दै उखु कृषक समितिले जिल्लाका उखु किसानहरुलाई उखु आपुर्ति नर्गन आग्रह गरेपछि उखु किसान र उद्योग संचालन बीच भएको छलफल पछि उखुको मूल्य निर्धारण गरिएको हो । नवलपरासीमा भएको तीन वटा चिनी उद्योगमा उत्पादित चिनी देशको मुख्य बजार चितवन रुपन्देही तनहु कास्की गोरखा काडमाण्डौ पाल्पा स्याङ्जा लगायतका मुख्य बजारहरुमा खपत हुँदै आएको छ ।उखुको मूल्य निर्धारण गरिएपछि जिल्लामा रहेको लुम्बिनी चिनी उद्योग सुनवल सहित वागमति खाडसारी मिल र इन्द्रा सुगर मिल साचालनमा आउने भएका छन् । जिल्लामा १० हजार उखु कृषकहरुले ५५ हजार बिगाहा क्षेत्रफल मा उखु खेती गर्दै आएका छन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें